• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिवराज कृषि सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न


  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
  • तौलिहवा । कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुरस्थित श्री शिवराज कृषि सहकारी संस्था लि.को १०औं साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष केयर सिंह अदैले प्रस्तुत गर्नुभएको थियो उहाँका अनुसार सहकारीमा हाल १२५ जना महिला र ८३ जना पुरुष गरी कुल २०८ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पूँजी रु. ७ लाख ४४ हजार, बचत रु. ६१ लाख २३ हजार १४२ रुपैयाँ ४० पैसा र लगानी रु. ६९ लाख ५४ हजार २०० रुपैयाँ पुगेको छ ।

    गत वर्ष ७७ जनाले ऋण सुविधा उपभोग गरेका छन् भने रु. ३ लाख १५ हजार ७५० बराबरको बीउ–बिजन र रु. ८ लाख ५९ हजार ६३० बराबरको मलखाद कारोबार भएको उल्लेख छ । यस अवधिमा २१५ बोरा डिएपि ३५४ बोरा युरिया र १६ बोरा पोटास बिक्री गरिएको छ ।
    संस्थाको नियमित बैठक १२ पटक, लेखा समिति १२ पटक, ऋण समिति ३ पटक र सल्लाहकार समिति ४ पटक बसेको प्रतिवेदनमा उल्लेख छ ।

    सभालाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले कृषि सहकारीको माग बढ्दो अवस्थामा रहेको भन्दै सहकारीमार्फत कृषकलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए । थापाले सहकारी क्षेत्रलाई अझ पारदर्शी र परिणाममुखी बनाउन नगरपालिकाले सहयोग गर्ने आश्वासन पनि दिए ।

    त्यस्तै, वडा अध्यक्ष टेकलाल सापकोटाले कृषि सहकारीमा आर्थिक हिनामिना नभएको र यसले किसानलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

    आर्थिक वर्ष २०८२/८३ का लागि संस्थाले २० जना नयाँ सदस्य थप गर्ने, कृषकलाई व्यवसायीकरणतर्फ अघि बढाउने, तालिमको व्यवस्था गर्ने, बीउ–बिजन र मलखादलाई व्यवस्थित गर्ने, ऋण व्यवस्थापन सुदृढ गर्ने, लेखा परीक्षण नियुक्त गर्ने तथा तरकारी संकलन केन्द्रलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम अघि सारेको छ ।

    सभामा शिवराज नगरपालिकाका प्रमुख अजय थापा, वडा नं. ३ का वडाध्यक्ष टेकलाल सापकोटा, कृषि विकास शाखा प्रमुख शान्तिमाया अधिकारी, बिगुल बचत ऋण सहकारीका अध्यक्ष नरबहादुर पौडेल, मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि लगायत विभिन्न संघ–संस्था, सञ्चारकर्मी तथा शेयर सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम ऋण समिति संयोजक श्याम प्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियोे ।

    शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.