• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

क्यानाडा र मेक्सिको ‘निष्पक्ष’ व्यापार सम्झौतामा अडिग, ट्रम्पको दबाबबीच अमेरिकासँग सहकार्यमा सहमत


  •   शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
  • क्यानाडा र मेक्सिकोका नेताहरू संयुक्त राज्य अमेरिकासँगको त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौता (युएसएमसिए) को संरक्षण गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कर दबाबबीच यसलाई ‘निष्पक्ष’ बनाउन सहमत भएका छन् ।

    Advertisement

    मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँगको वार्तापछि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युएसएमसिएप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै यसले ‘उत्तर अमेरिकालाई विश्वको आर्थिक ईर्ष्या’ बनाएको बताउनुभयो ।

    सेनबामले सम्झौताको भविष्यबारे आशावादी रहेको बताउनुभयो । “युएसएमसिए विजयी हुनेछ भन्नेमा मलाई विश्वास छ”, उहाँले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो ।

    सन् २०२० देखि लागू भएको सम्झौता अर्को वर्ष समीक्षाका लागि तयार छ । मेक्सिको र क्यानाडा दुवैको अर्थतन्त्रका लागि यो महत्त्वपूर्ण मानिन्छ, किनभने उनीहरूको निर्यात क्रमशः ८० प्रतिशत र ७५ प्रतिशत संयुक्त राज्य अमेरिकातर्फ जान्छ ।

    तर, ट्रम्पले सम्झौताबाहिरका क्यानाडा र मेक्सिकाली निर्यातमा क्रमशः ३५ र २५ प्रतिशत भन्सार शुल्क लगाउनुभएको छ । यी नीतिले क्यानाडाको अटो, स्टिल र एल्युमिनियम उद्योगमा रोजगारी गुम्ने अवस्था ल्याएको छ भने मेक्सिकोको अटो र स्टिल उद्योगमा पनि असर पारेको छ ।

    कार्नीले भन्नुभयो, “हामी संयुक्त राज्य अमेरिकालाई पूरक बनाउँछौँ, हामी उनीहरूलाई बलियो बनाउँछौँ, हामी सबै सँगै बलियो हुन्छौँ ।”

    उहाँले अमेरिकी पक्षले युएसएमसिए समीक्षा गरिरहेको विषयलाई ‘राम्रो कुरा’ भन्दै कर र स्थानीय सामग्रीमा निर्णय शान्त र जानाजानी तरिकाले लिन सकिने तर्क गर्नुभयो ।

    दुवै नेताले ट्रम्पसँग साइड डिल खोज्दै प्रतिस्पर्धा नगरी सहकार्यमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । आगामी वर्ष अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकपलाई उदाहरण दिँदै कार्नीले भन्नुभयो, “हामी सँगै अगाडि बढ्नेछौँ ।”

    साथै, उहाँहरूले क्यानाडा–मेक्सिको बीच द्विपक्षीय व्यापार र लगानी बढाउने नयाँ योजना घोषणा गर्नुभयो । यसअनुसार, अमेरिकी बजारमा मात्र निर्भर नहुई आफ्ना बन्दरगाहमार्फत आपसी व्यापार विस्तार गर्ने तयारी छ ।

    गत वर्ष दुई देशबीचको व्यापार ३२ अर्ब डलरभन्दा कम थियो, जुन अमेरिकासँगको व्यापारभन्दा करिब २० गुणा सानो हो । मेक्सिको क्यानाडाको तेस्रो ठूलो साझेदार हो भने क्यानाडा मेक्सिकोको पाँचौँ ठूलो साझेदार हो ।

    विदेश मामिला, कृषि, वातावरण र सुरक्षा लगायत क्षेत्रमा अझ घनिष्ठ सहकार्य गर्ने योजनामा दुवै नेता सहमत हुनुभएको छ ।

    तर, क्यानाडाका केही राजनीतिज्ञले ट्रम्पले फेन्टानिल तस्करीको प्रसङ्गमा आफ्नो देशलाई अन्यायपूर्ण रूपमा मेक्सिकोसँग जोडेको गुनासो गरेका छन् । कार्नीले भन्नुभयो, “दुर्भाग्यपूर्ण तथ्य यो हो कि आपसी सीमापार अपराध दुवै दिशाबाट हुने गरेको छ ।”

    शुक्रबार, असोज ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.