• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

बेनी-दरवाङ सडक अवरुद्ध


  •   बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ ।

    Advertisement

    मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो ।

    सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको छ । निर्माणाधिन जलविद्युत्, प्रशारण लाइन, सवस्टेशन, सडक, भवनलगायतका विकास आयोजनाहरु प्रभावित भएका छन् ।

    विंस २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो । तत्कालीन जिविसले एशियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो । सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

    “लाम्पाटामा सडकमाथिको पाखो थप चर्किएकाले जुनसुकै बखत ठूलो पहिरो खस्ने जोखिम छ,” उहाँले भन्नुभयो “दरवाङ जान आउनका लागि हलुका सवारी साधनका लागि माटेबगर–पोक– पिपलबोट–छिसवाङ–खोप्टी– छ्यारछ्यारे–दरवाङ जोड्ने वैकल्पिक सडकको व्यवस्था मिलाएका छौ ।”

    अध्यक्ष रोकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर– डौडेखोला– रसपुर–अल्काचौर–लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गर्नुभएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले अपराहन्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताउनुभयो ।

    पहिरो पन्छाउने डोजर पर्वतको मिलनचोकबाट टेलरमा राखेर लैजानुपर्ने भएकाले ढिलाइ भएको उहाँले बताउनुभयो । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली आफै पहिरो स्थलमा पुगेर सडक खुलाउन पूर्वाधार विकास कार्यालयसँग समन्वय गर्नुभएको छ ।

    बेनीदेखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ । पहिरोले सडक साघुरिदाँ ठूला सवारी साधन आवत जावतमा समस्या भएपछि फराकिलो पारिएको हो ।

    फापरखेत, लाम्पाटा र बाङ्गेपहिरो २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको चुनौति तबनेका छन् । यो सडक गण्डकी प्रदेश सरकारमार्फत स्तरोन्नति चरणमा पुगेको छ ।

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.