काठमाडौँ । जनमत पार्टीका पदाधिकारीसहितले अध्यक्ष पदबाट राजीनामा दिन सिके राउतलाई आग्रह गरेका छन् ।
Advertisement
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जयकुमार यादवलगायतका ६ नेताले आज सामूहिक हस्ताक्षर गरी २४ घण्टाभित्र राजीनामा माग गरेका हुन् ।
जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उनीहरुको भनाइ छ ।
अध्यक्षलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “मुलुकको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीलेसमेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।”