नवीन बस्याल ##
Advertisement
प्रतिगमन आउने खतरा बढेको छ देश गलेको छ ।
परदेशमा हुने नेपालीहरूको पिरले मन जलेको छ ।१।
राष्ट्र चिन्दै गरेका सन्तान दिवङ्गत भए अवस्था फेर्न
अर्कोतिर बलिदानले ल्याएको व्यवस्था ढलेको छ ।२।
अन्यौलतामा छ मुलुक नेतृत्वविहीन नेपाली जनता
अधिकार माग्दा पुलिसको बन्दुक चलेको छ ।३।
राष्ट्रघातीहरूबाट बचाइदिए हुन्थ्यो देश सेनाले
प्रकृति हेर्दा लाग्छ सेनाले पनि आँखा छलेको छ ।४।
तर धेरै युवा आउन सक्छन् देशलाई खाँचो परे
एउटै आवाज बन्ला भन्ने मनमा आशा फलेको छ ।५।