• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाकिस्तानबाट फर्किएका शरणार्थी सङ्कटमा, सहयोगको अपिल


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • काबुल, ३० भदौ ।
    पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उहाँहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् ।

    Advertisement

    शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भन्नुभयो,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, हामीलाई सहयोग चाहिएको छ । हामी आफन्त र समाजको साथ खोजिरहेका छौं ।”
    त्यस्तै, अर्की महिला शरणार्थी दुयाले पनि सहायता अपुग भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    “कहिलेकाहीँ थोरै राहत सामग्री आउँछ, तर त्यो सबैका लागि पर्याप्त हुँदैन । यिनीहरूको आवश्यकताप्रति ध्यान दिनु आजको आवश्यकता हो,”उहाँले भन्नुभयो ।
    संयुक्त राष्ट्रसङ्घीय शरणार्थी संस्था (यूएनएचसीआर) का अफगानिस्तान प्रमुख अराफत जमालका अनुसार, सेप्टेम्बरको पहिलो सातामै करिब एक लाख अफगान शरणार्थी पाकिस्तानबाट अफगानिस्तान फर्किएका छन् ।

    “यस्तो सङ्कटकालीन अवस्थामा हामी सबैको साझा सहयोग आवश्यक छ । अहिले हामी हाम्रो क्षमताको सीमामा पुगेका छौँ,” जमालले भन्नुभयो ।
    अफगान शरणार्थी आयोगका अनुसार, यसै साता मात्र पाकिस्तान र इरानबाट १० हजार २८८ जना अफगानी नागरिकहरू फिर्ता पठाइएको छ ।
    इस्लामिक अमिरात अफगानिस्तानका उपप्रवक्ता हम्दुल्लाह फिटरातले सामाजिक सञ्जालमा लेख्दै, फर्काइएका नागरिकहरूलाई सक्दो सहयोग गरिन लागेको बताउनुभएको छ ।

    यद्यपि, महिला कर्मचारीहरूमाथि तालिबान सरकारले लगाएको प्रतिबन्धका कारण संयुक्त राष्ट्रसङ्घले केही सहायता केन्द्रहरू बन्द गर्नुपरेको समाचारमा जनाइएको छ ।
    यूएनएचसीआरका प्रमुख जमालले भन्नुभयो,“हामीलाई यो निर्णय गर्नुपर्दा निकै दुःख लागेको छ । महिला सहभागिता बिना हाम्रो कार्य सम्पूर्ण बन्न सक्दैन ।”
    उहाँका अनुसार, ती केन्द्रहरू शरणार्थीलाई प्रारम्भिक नगद सहायता वितरण, नामदर्ता, सुरक्षासम्बन्धी जाँच र आवश्यक अन्तर्वार्ता लिने अत्यन्त महत्त्वपूर्ण स्थान हुन् ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.