• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विपत्तिमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलीस्वरुप दीप प्रज्वलन


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • काठमाडौँ ।  राष्ट्रिय बाल दिवस-२०८२ का अवसरमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । काठमाडौँको सिनामङ्गलस्थित बालबालिका शान्ति पार्कमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले दीप प्रज्ज्वलन गरेको हो ।

    Advertisement

    कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बालअधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सञ्जालका प्रमुखको उपस्थिति रहेको सिजपका अध्यक्ष तिलोत्तम पौडेलले राससलाई जानकारी दिनुभयो ।

    सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको शान्ति पार्कमा सिजपले हरेक वर्ष बालदिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन गर्दै आएको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिका कारण यसवर्ष बालदिवसका अन्य कार्यक्रम हुन नसकेको अध्यक्ष पौडेलले उल्लेख गर्नुभयो ।

    उहाँले बालबालिका र विद्यालय शान्तिक्षेत्र भएकाले भदौ २३ पछि उत्पन्न घटनाक्रमले बालबालिकामा गम्भीर मनोसामाजिक समस्या सिर्जना गरेको धारणा राख्नुभयो । भ्रामक सूचनाका कारण बालबालिकाहरूमा त्रास फैलिएकाले विद्यालयमा शान्ति, शिक्षा र मनोपरामर्श सेवा अनिवार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बालअधिकारकर्मी कुमार भट्टराई, प्रह्लाद ढकाल, गोविन्द शाही र बेनुमाया गुरुङले युद्ध, द्वन्द्व, प्रदर्शन र आन्दोलनमा जहिल्यै बालबालिका पीडित र प्रभावित हुने गरेका बताउनुभयो । उहाँले जेनजी प्रदर्शनसहित परिवर्तनका लागि भएका आन्दोलनमा योगदान गर्ने सबै बालबालिका र युवाप्रति सम्मान व्यक्त गर्नुभयो ।

    सहभागीले विद्यालय र बालबालिका शान्ति क्षेत्र कायम गर्नुपर्ने, कुनै पनि प्रदर्शन वा आन्दोलन वा हिंसामा बालबालिकाको प्रयोग गर्न नहुने, राजनीतिक दल तथा युवापुस्ताले कानुन, अधिकार र कर्तव्यका विषयमा सचेतना फैलाउनुपर्नेलगायत विषयमा जोड दिनुभएको छ ।

    यही भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा थुप्रै बालबालिका घाइते भएका थिए भने कम्तीमा चार जना १८ वर्ष मुनिका बालबालिकाले ज्यान गुमाएका सिजपले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । भ्रामक समाचार र डरत्रासका कारण धेरै बालबालिका त्रसित बनेका सरोकार भएकाहरूको भनाइ छ । यसप्रति राज्य गम्भीर हुनुपर्ने र परिवारले बालबालिकालाई समय दिनुपर्ने आवश्यकता सिजपले औँल्याएको छ ।

    संयुक्त राष्ट्रसङ्घको बालअधिकारसम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा पारित भएको थियो । नेपालले यसलाई १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको हो । त्यसपछि २०६२/६३ को जनआन्दोलनपछि नेपालमा प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउन थालिएको हो । यसवर्ष भने भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनमा बालबालिका र युवामाथि क्षति पुर्‍याएपछि दिवसलाई पीडादायक एवं खल्लो रूपमा मनाउनुपरेको सहभागीको भनाइ थियो ।

    देशका ५० जिल्लामा १०७ सदस्य संस्था रहेको सिजपको स्थापना  बालबालिकालाई हिंसा, दुव्र्यवहार र शोषणबाट जोगाउने र बालमैत्री नीतिको पैरवी गर्ने उद्देश्यले भएको सिजपका महासचिव राजु घिमिरेले जानकारी दिनुभयो । अभियानले बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार सुनिश्चित गर्न आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.