काठमाडौं । जेनजी आन्दोलनमा मृत्यु भएका २४ वटा शवको पोस्टमार्टम भएको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले बताएको छ ।
Advertisement
विभागका अनुसार अहिले ४६ वटा शव पुगेका छन् । २४ शवको पोस्टमार्टम भइसकेका मध्ये १९ शव आफन्तले बुझिसकेका छन् ।
यी शव काठमाडौं उपत्याका मात्रै हुन् । फोरेसिन्सक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ७ वटाको शव पूर्ण रुपमा जलेको अवस्थामा छन् ।
‘चुच्चेपाटीको भाटभटेनीबाट नै सात वटा शव आएका छन् । जुन कंकालको अवस्थामा छन्’, डा. चौधरीले भने, ॅउहाँहरू पोस्टमार्टम गर्नका लागि लामो समय लाग्छ ।’
डा. चौधरीका अनुसार अन्य शवको पोस्टमार्टम गरेपछि आगजानीमा परेका शवको पोस्टमार्टम गरिने छ ।
डा. चौधरीका अनुसार अन्य घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर, यस्तो विपदमा जलेको अवस्थाको शव पहिचानको लागि पोस्टमार्टम गरिन्छ ।