• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जेनजी आन्दोलनको पृष्ठभूमि र नेपालको परिदृष्य


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जो हालमा किसोरावस्थामा प्रवेश गरेका छन्, उनीहरूलाई नै ‘जेनजी’ (Gen-Z) भनिन्छ तर यो पुस्ताको उदय सन् २०१० लाई मानिने गरेको छ । मैले यो पुस्ता जेनजीको विषयमा थोरै खोजबिन गर्ने कोसिस गरेको छु । मेरो अध्ययन र बुझाइमा कैयौँको असहमति पनि हुन सक्छ ।

    Advertisement

    यो पुस्ता (जेनजी) सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर (X), इन्टाग्रामलगायतका डिजिटल प्लेटफर्ममा सक्रिय छ । यो पुस्ताले नै सामाजिक सञ्जालमार्फत अनलाइन, भाइरल ह्यासट्याग (#), डिजिटल बहिष्कारजस्ता सामाजिक मुद्दामा सक्रिय रहँदै आएको बुझिन्छ । सिधा प्रकारले बुझ्‌दा यो आजको प्रविधिको युगमा प्रविधिलाई उपयोगको सवालमा राम्रै उपलब्धि हो तर यो सँगसँगै कैयौँ अराजकताले पनि स्थान ग्रहण गर्दै गयो ।

    सन् २०१८ मा स्वीडेनको ग्रेटा थनवर्गका विद्यार्थीयुवाले ‘शुक्रबार भविष्यको लागि’ (Friday for future) नाराअन्तर्गत जलवायु परिवर्तको विषयलाई लिएर आन्दोलनको सुरुवात गरेका थिए । त्यो विश्वस्तरमा देखिएको जलवायु परिवर्तन र त्यसको दुष्प्रभावसँग जोडिएको विषय थियो । त्यसैले गर्दा विश्वका विभिन्न देशका नयाँ पुस्तालाई प्रभावित पार्‍यो । पछि गएर त्यो नारा केवल नारा मात्रै रहेन, त्यो नाराले जलवायु परिवर्तनका लागि विभिन्न देशका विद्यालयमा आमहडतालसमेत हुन थाले । छोटो समयमा विश्वभरका लाखौँ युवा सडकमा उत्रिएका थिए । यसैलाई आधुनिक ‘जेनजी’ नामको साथै आधुनिक आन्दोलनको सुरुवात भनिन थाल्यो ।

    सन् २०१९ मा हङकङमा “पानीजस्तै बन” भन्ने नाराअन्तर्गत प्रजातान्त्रिक आन्दोलनमा ‘जेनजी’ विद्यार्थीको सक्रियता रहेको थियो । त्यो आन्दोलनमा पनि ‘जेनजी’ ले रणनीति, डिजिटल मिडियाको उपयोग, पुरानो नेतृत्वप्रति असन्तुष्टिको मुद्दामै केन्द्रित थियो । सोही वर्षमा चिली, लेबनान, अल्जेरिया आदि देशमा भएका लोकतान्त्रिक आन्दोलनमा पनि ‘जेनजी ’ले सक्रियता देखाएको पाइन्छ ।

    सन् २०२० मा ‘कालो जीवन सम्पूर्ण अर्थमा महत्त्वपूर्ण छ’ नारा अन्तर्गत सुरु गरिएको सामाजिक न्यायको आन्दोलनको दौरानमा त्यस अभियानका एक अभियन्ता ‘जर्ज फ्‌लोयड’ को मे २०२० मा हत्या भएको थियो । त्यसको प्रतिशोधमा ‘जेनजी’ले टिकटक, ट्विटर, इन्स्टाग्रामलगायतका विभिन्न सामाजिक सञ्जालमार्फत विश्वव्यापी विरोध सङ्गठन अभियान नै चलायो, जस्तै : #कालोपन्थी, #फ्‌लोयडका लागि न्याय । यसरी ‘(#) ह्यास्‌ट्याग’  विश्वभरि नै ट्रेन्डको रूपमा भाइरल बनाइयो । यस दौरानमा लाखौँ युवा अमेरिकादेखि, युरोप र एसियासम्म सडकमा उत्रिए ।

    सन् २०२०–२१ मा कोरोना महामारी थियो । यस दौरानमा ‘जेनजी’ ले डिजिटल प्रतिरोध सुरुवात गरेको थियो । अनलाइन शिक्षा र परीक्षाको विरोधमा विश्वभरि नै सञ्जाल सञ्चालन गरेको थियो तर त्यो त्यतिधेरै प्रभावित रहेन । पछिल्लो समयमा राजनीतिमा लोकप्रियतावादले स्थान पाएसँगै ‘जेनजी’ आन्दोलनलाई पनि प्रभावित बनाउँदै गयो तर गजबको कुरा, ‘जेनजी’ आन्दोलनकारी हामी राजनीतिक गर्दैनौँ भन्ने गरेका छन् । काल्पनिक र सामूहिक नेतृत्वको नाममा लोकप्रियतावादलाई यो आन्दोलनले स्वीकार गर्दैगर्दा संसारमा व्यवस्थामाथिको अराजकता सिर्जना हुनुको एउटा उदाहरण नेपाल पनि हो, जो हालै नेपालमा ‘जेनजी’को आन्दोलन र आन्दोलनले दिएको परिणामबाट सहजै रूपमा बुझ्‌न सकिन्छ ।

    विगतमा नेपालको संसद्मा बोल्ने क्रममा पाका नेता चित्रबहादुर केसीले ‘एक दिन नेपाली जनताले बङ्गलादेश र श्रीलङ्कामा जस्तै भ्रष्टाचार र अनियमित्तामा अडेको सरकार/नेतालाई घेर्नेछन्‌’ भन्नुभएको थियो । आखिर त्यो सत्य साबित भयो । बङ्गलादेश र श्रीलङ्का आन्दोलनको चर्चा नेपालमा सदनदेखि सरकारसम्म हुन्थ्यो । दलका ठुला नेतादेखि विद्यार्थीले बङ्गलादेश र श्रीलङ्काजस्तै हालत नेपालमा पनि हुन सक्ने चेतावनी दिने गर्दथे । जसको वास्तविक आँधी भदौ २३ र २४ मा भएको ‘जेनजी’ आन्दोलनले त्यसलाई वास्तविकतामा परिणत गरिदियो । त्यो दुई दिने आन्दोलनको रापले देशको कैयौँ सार्वजनिक एवम् निजी भौतिक संरचनाका साथसाथै जनधन सखाप पार्‍यो । साथसाथै त्यो रापले एमाले–काङ्ग्रेस गठबन्धन सरकारलाई पनि ध्वस्त पार्‍यो ।

    खुलेर भन्नु पर्दा बितेका घटनाक्रम र प्रतिगामी तत्त्वको सलबलाहट एवम् आफ्‌नो आन्दोलनमा भएको ‘घुसपैठ’ जेनजी आन्दोलनकारीले पहिचान गर्न सकेनन्‌ तर ‘जेनजी’ पुस्ताको प्रदर्शनबाट देशका युवामा ठुलो मात्रामा ऊर्जा र शक्ति वा जुझारुपन भएको कुरा प्रष्ट भएको छ । त्यसले नेपालको उज्ज्वल भविष्यका लागि देशमा बलियो आधार हुँदाहुँदै पनि युवाशक्ति सही सिद्धान्त र नीतिद्वारा निर्देशित नभएको महसुस हुन्छ । सही सिद्धान्त र नीतिको अभावबाट देश र जनतालाई ठुलो क्षति पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । उनीहरूको दुई दिनको आन्दोलनले पनि त्यो कुराको सङ्केत गरेको छ ।

    प्रतिगमनको घटनाक्रमलाई सङ्क्षेपमा बुझ्‌नका लागि हामीले शेरबहादुर देउवा र केपी ओलीले गरेको संसद् विघटनको इतिहासलाई बुझ्‌नुपर्ने देखिन्छ । २०५९ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीसँग वार्ता गर्न नसकेको र युद्ध  पनि रोक्न नसकेका कारण उनले चुनावको मिति घोषणा गर्दै संसद् विघटनको सिफारिस गरेका थिए । संसद् विघटन गरी सोही वर्षको मङ्सिरमा मध्यावधि चुनाव गर्ने योजना ल्याएका थिए । तत्कालीन राजाले संसद् विघटन स्वीकृत गरेका थिए तर पछि राजा ज्ञानेन्द्रले देउवालाई ‘अयोग्य’ भन्दै पदबाट हटाए र आफ्‌नो हातमा प्रत्यक्ष शासन लिएका थिए । यसबाट नेपालको लोकतान्त्रिक प्रक्रियामा ठुलो धक्का लाग्यो । त्यसका लागि अन्ततः २०६२–६३ को जनआन्दोलनका लागि देशका कैयौँ नागरिकले ज्यान गुमाउनुपर्‍यो ।

    पहिलोपटक २०७७ मङ्सिर ५ गते केपी शर्मा ओलीले संसद् विघटन गरेका थिए । त्यो बेला सबैभन्दा पहिले राजनीतिक दूरदर्शिताको प्रदर्शन गर्दै नेकपा (मसाल) ले प्रगतिमन भएको बतायो । त्यति बेला भित्र वा बाहिर अधिकांशको भनाइ मसालको धारण गलत भएको भन्ने थियो तर सर्वोच्च अदालतको परमादेशबाट संसद् पुनःस्थापना भयो ।

    दोस्रोपटक २०७८ जेठ ९ प्रधानमन्त्री ओलीसँग बहुमत नभएपछि उनले संसद् विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे । त्यो कदमलाई पनि मसालले प्रतिगमन बतायो । दोस्रोपटक सर्वोच्चको परमादेशमा संसद् पुनःस्थापनापछि अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दियो । ओलीमा भएको चरम प्रकारको महत्वाकाङ्क्षा, अहम्‌ता, अराजकतालाई मध्यनजर गरेर नै मसालले लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दियो । जो पार्टीलाई भन्दा राष्ट्र र राष्ट्रियतालाई माथि राखेर गरिएको निर्णय थियो । त्यति बेला त्यो विषय धेरैलाई गलत लाग्यो । कैयौँले काङ्ग्रेसको पिछलग्गु यावत आरोप लगाउँदै आलोचना गरिरहे । कतिपय अझै पनि त्यही नै अल्झिरहेका छन् ।

    २०७९ को मङ्सिरमा भएको चुनावमा एकातर्फ लोकतान्त्रवादी र अर्कोतर्फ प्रतिगामी शक्तिका बिचमा प्रतिस्पर्धा भयो । त्यो बेला ओलीले राप्रपाजस्तो राजावादी, विखण्डनवादी, जातिवादी दल सबैलाई जसरी पनि चुनाव जित्ने नजरले मात्र देखे, जसले गर्दा राप्रपा र विखण्डनवादीलाई बलियो बनाइदियो । केपी ओली प्रतिगामी हुन भन्ने त्यतीवेला नै प्रमाणित भइसकेको थियो, साथै मसालको मुल्याङ्कन पनि ।

    जनताले लोकतन्त्रवादी दललाई झिनो जनादेश दिएका थिए तर माओवादी–काङ्ग्रेसमा भएको चरम प्रकारको सत्तामोहले गर्दा लोकतन्त्रवादी शक्ति एकैठाउँमा रहन सकेनन् । त्यसले नेपाली जनतामा व्यापक रूपमा राजनीति र दलप्रति असन्तुष्टि पैदा गरायो । त्यसैको परिणाम नै हो आज ‘जेनजी’ आन्दोलनको नाममा भएको विद्रोह, जसले आज नेपालको लोकतन्त्र र संविधान धरापमा परेको छ ।

    ‘जेनजी’ आन्दोलनले नेपाललाई एउटा विन्दुमा पुर्‍याइदिएको छ, जुन विन्दुबाट एक कदम अगाडि गए खाडल छ, एक कदम पछाडि हट्दा पनि खाडल छ । यति बेला हामीसँग भएका थुप्रै भौतिक संरचना ध्वस्त भएसरह छन् । हामीसँग कङ्काल, खण्डहर, अनि खरानी छ । त्यसको साथसाथै त्यही खरानीको थुप्रोमाथि सिँगारपटार गराएर उभ्याइएको एउटा नेतृत्व पनि छ ।

    केपी ओलीको नेतृत्वमा बनेको सरकार भ्रष्टाचार, कुशासन, जनविरोधी वा राष्ट्रघाती क्रियाकलापबाट लिप्त थियो । त्यो जानुपर्ने थियो, ‘जेनजी’ आन्दोलनले फाल्यो तर ‘जेनजी’ जस्तै आम नेपाली मान्छेलाई विरोध गर्ने अधिकार सुनिश्चित गर्ने व्यवस्था लोकतन्त्र अहिलेको नेतृत्वबाट जीवित रहन्छ कि रहँदैन ? यहाँनेर शङ्का गर्ने ठाउँ छ ।

    २०८२ भदौ २८ गते
    बुढानीलकण्ठ १०, काठमाडौँ

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.