• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

झापाका १० वटा प्रहरी कार्यालय पुनःस्थापित


  •   शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
  • सुरुङ्गा (झापा) । जेनजी पुस्ताको प्रदर्शनका क्रममा विस्थापित बनेका १० वटा प्रहरी कार्यालयमा पुनःस्थापित भएका छन् । यही भदौ २३ र २४ गतेको प्रर्दशनपछि जिल्लाका ६९ प्रहरी कार्यालय विस्थापित भएकामा १० वटा पुनःस्थापित भएका हुन् ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार इलाका प्रहरी कार्यालय राजगढ, इलाका प्रहरी कार्यालय केचना, इलाका प्रहरी कार्यालय कुमरखोद, प्रहरी चौकी महेशपुर, इलाका प्रहरी कार्यालय घैँलाडुब्बा, इलाका प्रहरी कार्यालय शनिश्चरे, इलाका प्रहरी कार्यालय गौरादह, प्रहरी चौकी कोरोबारी, प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय झिलझिले पुनःस्थापित भएका छन् ।

    जिल्लामा ७३ वटा प्रहरी इकाइ रहेका जनाउँदै प्रशरी नायब उपरीक्षक खड्काले चारवटा बाहेक सबै विस्थापित बनेका बताउनुभयो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, इलाका प्रहरी कार्यालय, धुलावारी र इलाका प्रहरी कार्यालय गौरीगञ्जमा प्रदर्शनकारीले क्षति नगरेका उहाँले उल्लेख गर्नुभयो । विस्थापित बनेका प्रहरीहरू जिल्ला प्रहरी कार्यालयमा एकजुएकत्रित बनेका छन् ।

    जेनजीको आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनी र दमकसमेतमा आगजनी र तोडफोड भएको थियो । यी कार्यालयमा तत्कालै प्रहरी फर्कन सक्ने अवस्था नरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

    आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासमेत आगजनी भएको छ । यहाँ पनि तत्कालै प्रहरी फर्कन सक्ने अवस्था नरहेको बताइएको छ । आन्दोलनका क्रममा प्रहरी माथि आक्रमण गर्दै आन्दोलनकारीले प्रहरीका हातहतियारसमेत खोसेर लगेका थिए ।

    इलाका प्रहरी कार्यालय अनारमनीबाट खोसिएका हतियार स्थानीय, मानवअधिकारकर्मी र  सञ्चारकर्मीको समन्वय र रोहबरमा भदौ २४ गते नेपाली सेनालाई जिम्मा लगाइएको थियो ।

    प्रदर्शनमा संलग्नले प्रहरी कार्यालयमा आगजनी गर्नुका साथै  हातहतियार लैजाने, सवारीसाधनमा आजगनी गर्नुका साथै भौतिक संरचनामा क्षति पुगेको थियो । प्रहरी तत्काल जिम्मेवारीमा फर्कन नसक्ने अवस्थामा प्रहरी कार्यालयहरूले स्थानीय, विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्य र समन्वयमा सरसफाइ र पुनःनिर्माणका लागि काम सुरु गरेका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

    इलाका प्रहरी कार्यालय दमकमा प्रहरीलाई पुनःस्थापित गराउन दमक उद्योग वाणिज्य सङ्घले अग्रसरता देखाएको छ । क्षति भएका भौतिक संरचना सरसफाइ गर्न र पुनःनिर्माणका रु पाँच लाख प्रदान गर्ने निर्णय भएको वाणिज्य सङ्घले जनाएको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन पुनःनिर्माणका लागि विर्तामोड उद्योग वाणिज्य सङ्घले अग्रसरता देखाएको छ । नागरिकको सुरक्षामा खटिने प्रहरीको उचित व्यवस्थापनका लागि सङ्घका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा पुनःस्थापना समिति गठन भएको छ ।

    गठित समितिले प्रहरीलाई पुनःस्थापित गराउन आवश्यक सामग्री व्यवस्थापनमा समन्वय गर्नेछ । साथै आर्थिक सहयोग सङ्कलनमार्फत भवन निर्माण, रङरोगन, फर्निचर, भाँडाकुँडासहित अत्यवश्यक सामग्रीको व्यवस्थापन गर्नेछ ।

    प्रदर्शनपछि प्रहरीको उपस्थिति नहुँदा विर्तामोड क्षेत्रमा सुरक्षार्थ नागरिक प्रहरी गठन गरिएको थियो । स्थानीयले स्तस्फूर्त सन्तोष घिमिरेको संयोजकत्वमा नागरिक–प्रहरी समिति गठन गरिएको छ । सोही समितिले विभिन्न सङ्घसंस्थासँग प्रहरी कार्यालय पुनःनिर्माणका लागि पहल गरिरहेको छ ।

    विस्थापित प्रहरी जिम्वेवारीमा फर्कन थालेसँगै स्थानीयले स्वागतसहित सम्मान गरेका छन् । इलाका प्रहरी कार्यालय राजगढमा कार्यरत प्रहरी कार्यक्षेत्रमा फर्किएपछि उहाँहरूलाई स्थानीयले फूलमाल र खादाले सम्मान गरेका हुन् ।

    झापाका केही प्रहरी कार्यालय प्रर्दशनका क्रममा गरिएको तोडफोडका कारण खण्डहर बनेका छन् । प्रहरी इकाइमा रहेका सबै सवारीसाधनमा आगजनी भएको छ । तत्काल पुनःस्थापना गर्न नसकिने कार्यालयमा दरबन्दी भएका प्रहरीलाई नजिकको उको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.