• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उत्तरी गोरखामा स्याउ टिप्न सुरु


  •   बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
  • गोरखा । हिमाली भेगका बगैँचामा धमाधम स्याउ टिप्ने ‘सिजन’ सुरु भएको छ । चुमनुब्री गाउँपालिका–४ नाम्रुङको दुई हजार ६५० मिटर उचाइमा रहेको इन गोरखा प्रोडक्ट प्रालिको स्याउ फार्ममा गाला जातको स्याउ टिपिसकिएको फार्मका सञ्चालक लाक्पा डुण्डुप लामाले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँको बगैँचामा गाला, गोल्डेन र फुजी तीन जातका स्याउ छन् । “गाला स्याउ टिपिसकियो, अब गोल्डेन टिप्ने तयारी भइरहेको छ”, लामाले भन्नुभयो, “अबको एक महिनामा फुजी पनि टिप्ने बेला हुन्छ ।” यसपटक गाला स्याउ १० हजार किलो उत्पादन भएको उहाँको भनाइ छ । “दुई ट्रक स्याउ काठमाडौँ ल्याइसकेको छ, काठमाडौँ ल्याउन सकेजति सबै भाटभटेनी सुपरमार्केटले किन्ने समझदारी भएको छ”, उहाँले भन्नुभयो ।

    चार वर्षअघि लगाइएको उहाँको बगैँचामा १२ हजार ५०० बोटमा स्याउ फलेका छन् । उहाँले आफ्नो उत्पादनलाई ‘चुमनुब्री स्याउ’ नामले ब्राण्डिङ गर्नुभएको छ । करिब दुई हजार ७०० मिटर उचाइमा रहेको विशाल मनास्लु फर्म तथा लर्निङ सेन्टरका सञ्चालक छिरिङ लामा यतिबेला टिप्ने बेला भएको लटरम्म स्याउको बगैँचा देखेर दङ्ग हुनुहुन्छ । चुमनुब्री–२ ल्होमा रहेको सो स्याउ बगैँचा पाँच हजार बोट लटरम्म स्याउले भरिभराउ छ ।

    त्यसमध्ये गाला जातको स्याउ टिप्ने बेला भइसकेको फार्मका सञ्चालक छिरिङ लामाले बताउनुभयो । उहाँको बगैँचामा गाला, फुजी, गोल्डन डेलिसियसलगायत जातका स्याउ छन् । असोज पहिलो हप्ताभित्रै सबै प्रजातिका स्याउ टिप्न सुरु हुने उहाँले जानकारी दिनुभयो ।

    उहाँको सो बगैँचामा विगत तीन वर्षदेखि स्याउ उत्पादन हुन सुरु भएको हो । उहाँले आफ्नो बगैँचाको स्याउलाई ‘मनास्लु स्याउ’ नाम दिएर ब्रान्डिङ गर्नुभएको छ । लामाले गत वर्ष आठ हजार किलोग्राम स्याउ उत्पादन गर्नुभएको थियो ।

    पहिलो वर्ष भने उहाँको बगैँचामा ७०० किलोग्राम मात्र उत्पादन भएको थियो । उत्पादन बर्सेनि बढ्दै गएको लामाले बताउनुभयो । “यस वर्ष १० हजार किलोग्राम उत्पादन हुने अनुमान छ”, लामाले भन्नुभयो, “दुई हजार ८०० मिटर उचाइमा फलेको स्याउ भएकाले यो स्याउ हेर्दा सानो भएपनि निकै रातो, स्वादिलो र हेर्दा पनि निकै आकर्षक हुन्छ ।” ल्होका अन्य स्थानीयले पनि घरायसी प्रयोगका लागि थोरैथोरै स्याउ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रसँग साझेदारी गरी यहाँ स्याउ बगैँचा विकास गरिएको हो । चार वर्षअघि कृषि निर्देशनालयले इटलीबाट ल्याएको गाला, फुजी, रेड र गोल्डन डेलिसियस जातको स्याउको उन्नत बिरुवा किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । स्याउ बगैँचा स्याउखेतीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरिएको छ ।

    “हाम्रो स्याउ फार्म उच्च गुणस्तरको जातको स्याउ उत्पादन गर्ने मात्र नभई स्याउ खेतीको अध्ययन गर्नेहरुका लागि अध्ययन केन्द्रका रुपमा पनि विकास गरेका छौँ”, मनास्लु स्याउका उत्पादक छिरिङ धार्के भन्नुहुन्छ, “यहाँ आएर अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क आवास र खानाको व्यवस्था गर्छौँ ।” गाउँपालिकाका अधिकांश ठाउँमा स्याउखेती राम्रो हुने हुनाले अरूले किसानले पनि व्यावसायिक स्याउखेती गरून् भन्ने चाहना रहेको उहाँको भनाइ छ ।

    बिहिबार, भदौ २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.