• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

एमसिसी र नागरिकता विधेयक फिर्ता लिन अखिल नेपाल बुद्धिजीवी संघको माग


  •   शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र राष्ट्रघाती नागरिकता विधेयक तुरुन्त फिर्ता लिन सरकारसित माग गरेको छ । २०७७ असार ५ गते सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतमको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तीमा सो माग गरिएको हो ।

    Advertisement

    केन्द्रीय समितिको बैठकपछि जारी गरिएको उक्त विज्ञप्तीमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा प्रकाशन, दोस्रो संविधान संशोधनलाई स्वागत गर्दै भारतसित कूटनीतिक वार्ता गरी अतिक्रमित भूमि फिर्ता लिन आग्रह गरिएको छ । त्यस्तै, कोरोना सङ्क्रमणसित सम्बन्धित परीक्षण, क्वारेन्टाइनको अवस्था, त्यससँगै जोडिएका आत्महत्याका घटना र सङ्गठनसित सम्बन्धित निर्णय गरिएको सो विज्ञप्तीको पूर्ण पाठ यस प्रकार छ :

    “अखिल नेपाल बुद्धिजीवी सङ्घको केन्द्रीय समितिको अनलाइन बैठक मिति २०७७ असार ४ गते बस्यो । समसामयिक सवाल र बैठकले गरेका निर्णयहरूको आम जनकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. भारतले अतिक्रमण गरेको नेपालको भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई नेपालको नक्सामा समावेश गर्ने र त्यसअनुसार संविधानमा मिलाउन संविधान संशोधन गरेका विषयलाई हाम्रो सङ्गठनले सही मान्दछ । अब उक्त भूमिबाट भारतीय सैनिक क्याम्प, सुरक्षा चेक पोस्ट हटाई भोगचलनमा ल्याउन जोड दिन्छौँ । त्यसका लागि वार्ता गर्नुको साथै उक्त विषयलाई अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने आवश्यकता छ ।

    २. अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पाेरेसनसँग गरेको सम्झौता (एमसिसी) नेपालको राष्ट्रिय हित, सार्वभौम सत्ता, असंलग्न परारष्ट्र नीतिसमेतका विरुद्ध भएकाले उक्त सम्झौता खारेज गर्नुपर्दछ । उक्त सम्झौताका विरुद्धमा देशमा चलेको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्दछ । हाम्रो सङ्गठनमातहतका समितिले एकल वा अन्य पक्षले गर्ने कार्यक्रमलाई सहयोग र सहभागी भएर एमसिसी विरुद्धको सङ्घर्ष अगाडि बढाउन अनुरोध गर्दछौँ ।

    ३. हालै सरकारले फेरि राष्ट्रहित विरुद्ध हुने गरी नागरिकता संशोधन विधेयक संसदमा पेश गरेको छ । उक्त राष्ट्रहित विरुद्धको विधेयक फिर्ता गर्न माग गर्दछौँ ।

    ४. अहिले कोरोना भाइरस देशमा तीव्र रूपमा फैलिएको छ । यही बेला लकडाउन खुकुलो पारिएको छ । कोरोना परीक्षणका सामग्रीको अभाव छ । क्वारेन्टाइनको राम्रो व्यवस्था छैन । कैयौँ क्वारेन्टाइनमा असुविधा भएको, परीक्षणको राम्रो व्यवस्था नभएको भनी सङ्क्रमितहरूले विरोध प्रदर्शन गरेका छन् । कोरोना रोकथाम र उपचारमा ठुलो भ्रष्टाचार भएको र त्यसका विरुद्ध सङ्घर्ष भएका समाचार आएका छन् । उक्त समस्यालाई तत्काल समाधान गर्न सरकारसँग माग गर्दछौँ ।

    ५. कोरोना सङ्क्रमणसँगै जनतामा मनोवैज्ञानिक समस्या, आर्थिक समस्या, रोजगारीको समस्या, हत्या, आत्महत्या र बलात्कारका घटना गम्भीर रूपमा बढेका छन् । उक्त समस्या कोरोना रोकथाम र उपचारसँग सम्बन्धित समस्या नै हुन् । यी समस्यातर्फ पनि गम्भीर रूपमा सरकारको ध्यानाकर्षण गर्दै समाधानका लागि माग गर्दछौँ ।

    ६. सङ्गठनको केन्द्रीय समितिका वैकल्पिक सदस्य बबिता थापा र जीतेन्द्र ढकाललाई पूर्ण सदस्यमा मनोनयन गरिएको छ । रिक्त अर्काे पूर्ण सदस्यमा रामदेव पाण्डेलाई मनोनयन गरिएको छ । रिक्त वैकल्पिक सदस्यमा तुलमान राई (धनकुटा) र हरि सापकोटा (बारा) लाई मनोनयन गरिएको छ । टोपाराम आचार्यलाई केन्द्रीय सदस्यबाट हटाइएको छ ।

    ७. लकडाउनको यस अवस्थामा पनि अनलाइन बैठक, प्रशिक्षण, अन्तक्र्रिया कार्यक्रम तथा सामाजिक दूरी कायम गर्दै आवश्यकतानुसार सडकका कार्यक्रम पनि गर्ने निर्णय भएको छ ।”

    शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी
    राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.