• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जिल्लाका ७१ ठाउँमा पहिरोको उपचार


  •   बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
  • दमौली (तनहुँ) । भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले जिल्लाका ७१ ठाउँमा पहिरो नियन्त्रणका लागि उपचार गरेको छ । पहिरोको जोखिम रहेका ठाउँहरुमा कार्यालयले नियन्त्रणको उपाय अपनाएको हो ।

    Advertisement

    कार्यालयका प्रमुख दिवाकर पौडेलले पहिरोको जोखिममा रहेका ठाउँहरुको अध्ययन पश्चात् पहिरो नियन्त्रणको काम गरिएको बताउनुभयो । पौडेलका अनुसार ६५ स्थानमा खोला किनार संरक्षण गरिएको छ भने ११ स्थानमा सिचाइँ कुलो संरक्षण गरिएको छ । त्यस्तै १५ वटा पोखरी, तातोपानी कुण्ड र ताल संरक्षणको काम गरिएको पौडेलले बताउनुभयो । सात स्थानमा पानी मुहान संरक्षण गरिएको छ ।

    कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा ५० हजार पाँच सय बिरुवा उत्पादन गरी कृषकलाई वितरण गरेको छ । पौडेलका अनुसार चार हजार गोटा बाँसको कल्म कटिङ बिरुवा उत्पादन, वितरण र रोपण गरिएको छ ।

    पौडेलका अनुसार आँबुखैरेनी २, ३ मा खहरे खोला संरक्षण, भानु ९ मा रानीपानी खोला नियन्त्रण, शुक्लागण्डकी ११ मा सल्लाघारी पोखरी निर्माण, व्यास ४ मा बागबजार पहिरो संरक्षण तथा बायो इन्जिनियरिङ, ऋषिङ ६ मा ज्वालाखोला किनार व्यवस्थापन, बन्दीपुर ३ मा मालेबगर खेत संरक्षण, भानु ९ मा खहरेखोला तटबन्धन तथा बस्ती संरक्षण, शुक्लागण्डकी ११ मा बरखोला बिरौटा तटबन्धन, व्यास ६ मा अलैचेखोला ठकुरी बस्ती संरक्षण, शुक्लागण्डकी १२ मा अर्साङ्दी सिचाइँ कुलो संरक्षण, ऋषिङ ४ मा साठीमुरे खेत संरक्षणको काम गरिएको छ ।

    यस्तै भानु ९ मा तेलकाती खोला तटबन्ध तथा बस्ती संरक्षण, भानु ९ मा धौराली गाउँ पहिरो नियन्त्रण तथा बस्ती संरक्षण, भानु ११ मा कुन्छाफाँट जितपत्र खेत संरक्षण, भानु ३ मा खित्री खोल्सी गल्छी नियन्त्रण, शुक्लागण्डकी ६ मा कुम्लेखोला बगरस्थित खोला नियन्त्रण, देवघाट ५ स्थित गलेश्वर आश्रम संरक्षण, भानु ७ स्थित महखोला नौबिसे कुलो मर्मत, शुक्लागण्डकी ११ स्थित सल्लाघारी पोखरी निर्माण, भिमाद ९ स्थित पाङ्मा पहिरो नियन्त्रण, भिमाद ३ स्थित भलाई गैह्रा जनहित मार्ग संरक्षण, घिरिङ ३ स्थित खिलाबस्ती संरक्षण, देवघाट ५ स्थित देवघाट कल्पवाल त्रिशुली पहिरो नियन्त्रण र भानु ९ स्थित काली बगैँचा खेलकुद मैदान संरक्षणको काम गरिएको पौडेलले उल्लेख गर्नुभयो । पौडेलका अनुसार यी कार्यक्रमबाट दुई हजार नौ सय ६१ जना लाभान्वित भएका छन् ।

    कार्यालयले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजनाहरुबाट चार हजार चार सय २१ जनाले रोजगारी पाएका छन् । पौडेलका अनुसार गल्छी तथा पहिरो उपचारमा एक हजार सात सय ४६, खोला किनार संरक्षणमा एक हजार पाँच सय ३३, सिचाइँकुलो संरक्षणमा तीन सय ३७, पोखरी निर्माणमा सात सय ५० र आकस्मिक जल उत्पन्न प्रकोपमा ५५ जनाले रोजगारी पाएका छन् ।

    कार्यालयले भू उपयोग विकास योजना तर्जुमा, पानी र सेडिमेण्ट व्यवस्थापन, प्राकृतिक प्रकोप रोकथाम, पानीजन्य विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, एकीकृत पानी स्रोत संरक्षण, भूमि उत्पादकत्व संरक्षण, पहिरोहरुको व्यवस्थापन सम्बन्धी योजना तयारी र कार्यान्वयन, विकासका पूर्वाधार संरक्षण लगायतका काम गर्दै आइरहेको छ ।

    बुधबार, भदौ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.