काठमाडौं । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भिडन्तका क्रममा भारतीय सेना तर्फका कोही पनि बेपत्ता नभएको भारतीय सेनाले जनाएको छ ।
Advertisement
सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन् ।
सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।
झडपमा २० भारतीय सैनिक मारिएका थिए भने ७६ सैनिक घाइते भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।
भिडन्तका क्रममा केही भारतीय सैनिकहरु बेपत्ता भएको भनिएको विषयमा भारतीय सेनाले आफ्नो तर्फका कोही पनि सम्पर्कबिहिन नरहेको जानकारी दिएको छ ।