• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जेनजी प्रदर्शनमा सरकारले अनावश्यक बलप्रयोग गरेको मसालको निष्कर्ष


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले हिजोको जेनजी प्रदर्शनमा सरकारले अनावश्यक बलप्रयोग गरेको निष्कर्ष निकालेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ भदौ २४ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत् मसालले सो निष्कर्ष निकालेको हो ।

    घटनाप्रति क्षोभ प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको सो वक्तव्यमा हिजोको घटनाका लागि सरकारको स्वेच्छाचारी कदम नै जिम्मेवार रहेको पनि बताएको छ ।

    देशको तात्कालिक राजनीतिक परिस्थितिमा सही र सन्तुलित प्रकारको नीति अपनाउने आवश्यकतामा जोड दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

    “हिजो जेनजीको आन्दोलनको दौरानमा सरकारले गरको क्रुर दमनको कार्यप्रति नेकपा (मसाल) ले गम्भीर प्रकारको क्षोभ प्रकट गर्दछ र सबै मृतकप्रति श्रद्धाञ्जली, उनीहरूका सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै सबै घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

    हाम्रो पार्टीले पहिले नै यो स्पष्ट गरेको थियो कि सामाजिक सञ्जाललाई नियमन गर्नु आवश्यक थियो । त्यसबारे सर्वोच्च अदालतले पनि परमादेश दिएको थियो तर सर्वोच्च अदालतले त्यसबारे कानुन बनाएर नै नियमन गर्न निर्देशन दिएको थियो । सर्वोच्च अदालतको त्यो निर्देशनअनुसार नगरेर सरकारले दर्ता गर्ने सूचनालाई पालना नगरेको भन्दै एकैसाथ उनीहरूमाथि रोक लगाउने काम गऱ्यो । सरकारको त्यस प्रकारको स्वेच्छाचारी कारबाहीका कारणले नै जनतामा व्यापक आक्रोश उत्पन्न भयो । त्यसकारण हिजोको घटनाका लागि मुख्य रूपले सरकार नै जिम्मेवार छ ।

    हिजोको प्रदर्शनलाई दबाउनका लागि सरकारले शक्तिको अनावश्यक रूपले बढी प्रयोग गरेको छ । त्यसैको परिणाम हो कि हिजोको आन्दोलनको सिलसिलामा १९ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । उनीहरूमध्ये कैयौँ जना गम्भीर घाइते छन् । यति ठुलो दमनको लागि हाम्रो पार्टीले कडा शब्दमा सरकारको विरोध र भर्त्सना गर्दछ । हिजोको जेनजीको आन्दोलन र सरकारको दमनसित सम्बन्धित विभिन्न पक्षबारे हाम्रो पार्टीले गम्भीरतापूर्वक अवलोकन गरिरहेको छ र पार्टीको उच्च स्तरीय बैठक बसेर साँझसम्म हाम्रो पार्टीले आफ्नो नीति बाहिर ल्याउनेछ ।

    हिजोको घटनाक्रम सामान्य होइन र त्यो अत्यन्त गम्भीर प्रकारको रहेको छ । त्यो एउटा राष्ट्रिय महत्त्वको प्रश्न बनेको छ । त्यसकारण त्यसबारे हामीले अन्य पक्षसित पनि छलफल गरेर एउटा साझा समझदारी बनाउन प्रयत्न गर्नेछौँ ।

    अन्तमा, अहिले देशमा जुन प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको छ, त्यसबारे सही र सन्तुलित प्रकारको नीति अपनाउन नसकेमा त्यसका दूरगामी र गम्भीर प्रकारका दुष्परिणाम हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । विभिन्न देशी वा विदेशी प्रतिक्रियावादी शक्तिले यो स्थितिलाई आफ्ना निहित स्वार्थका लागि प्रयोग गर्ने प्रयत्न पनि गर्न सक्दछन् । त्यसप्रति पनि हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ ।”

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.