• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला


  •   मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
  • तानसेन । डुम्रेकी रमिता विकले तानसेनमा तरकारी र फलफूल बेचेर जीविकोपार्जन गर्दै आउनुभएको छ । “बिहानै गाउँबाट तरकारी ल्याएर छोरालाई खाना पकाएर खुवाएपछि डोको बोकेर निस्कन्छु”, नारायणस्थानमा तरकारी बेच्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “दिनभरि बजार डुलाएर तरकारी, फलफूल बेच्छु । त्यही कमाइले छोराको पढाइ खर्च र बिहानबेलुका हातमुख जोड्छु, यो मेरो दैनिकी यही हो ।”

    Advertisement

    मदन पोखराकी सीता कुमाल पनि सिजनमा तरकारीको भारी बोकेर तानसेन बजार पुग्ने गर्नुहुन्छ । उहाँ बारीमा उत्पादित तरकारी बजारमा बिक्रीका लागि आफ्ना दौँतरीसँग बिहान ६ बजे गाउँबाट निस्किनुहुन्छ । ‘तरकारी आयो तकारी आयो’ भन्दै टोलटोल पुग्नुहुन्छ । “दिनकै हिँडेर तरकारी बेच्नु दुःख कष्ट त छ”, उहाँले भन्नुभयो, “तर, गुजारा गर्न यत्ति गर्नै प¥यो ।”

    तानसेन नगरपालिका–११ बाँझाकी ३८ वर्षीया राधिका खाँती पनि दिनहुँजसो घरबाट तरकारी ल्याएर तानसेनस्थित शीतलपाटी नजिकै मन्दिर छेउमा बसेर बिक्री गर्नुहुन्छ । तरकारी बिक्री गरेर आएको पैसाले सहज रूपमा उहाँको घरको खर्च चलेको छ । “आम्दानीको स्रोत नहुँदा केही समयअघिसम्म घर खर्च चलाउन निकै गाह्रो थियो”, उहाँले भन्नुभयो, “घर खर्चका लागि श्रीमान्को मुख ताक्नु पर्दथ्यो । तरकारी बेच्न थालेपछि श्रीमान्बाट घर खर्च माग्नु परेको छैन ।”

    खाँती आफैँले फलाएको र केही अन्य किसानले उत्पादन गरेको तरकारी सङ्कलन गरी तानसेनमा ल्याएर बिक्री गर्दै आउनुभएको हो । खाँतीले तरकारी बेचेर अहिले मासिक लाखौँ रुपैयाँ कमाउन थाल्नुभएको छ । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उहाँ बन्नुभएको छ ।

    लकडाउपछि शीतलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफूल बिक्री गर्दै आउनुभएको हो । उहाँले तरकारी बिक्रीबाट दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी हुने जानकारी दिनुभयो । तरकारी बिक्रीबाट भएको आम्दानीले छोराछोरीलाई पढाउन, खर्च खर्च तथा चार जनाको परिवार चलाउन सहज भएको उहाँको भनाइ छ ।

    खाँतीलाई श्रीमान्ले तरकारी सङ्कलनमा दैनिक सहयोग गर्दै आउनुभएको छ । “तरकारी बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको थियो”, उहाँले भन्नुभयो, “अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुञ्जेल यही काम गर्ने हो ।” राधिकाका अनुसार अर्गानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भीड लाग्ने गर्दछ । प्रायः बजार गर्न आउने र अफिसबाट फर्कनेहरुले तरकारी किनेर लैजाने गरेको उहाँको भनाइ छ ।

    राधिकाले झैँ आफ्नै बारीमा फलेका र अन्य कृषकद्वारा उत्पादित तरकारी बेचेर कुरुङखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले विगत डेढ दशकदेखि सडक पेटीमा तरकारी बेचेर घर खर्च चलाउँदै आउनुभएको हो । उहाँले पनि दैनिक रु एक हजारदेखि रु तीन हजारसम्म आम्दानी गर्नुहुन्छ । उहाँहरू मात्र होइन बजार आसपासमा रहेका धेरै महिला दैनिकजसो तरकारी बिक्रीका लागि बजारसम्म आउने गर्नुहुन्छ । तरकारी बिक्री गरेर आम्दानी भएको रकमले घर व्यवहार चलाउँदै आएको महिला बताउँछन्  ।

    मङ्गलबार, भदौ २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.