• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

काठमाडौँबाहिर जेनजी आन्दोलन : कतै कर्फ्यु, कतै चल्यो गोली


  •   सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्ध भनिएको जेनजीको २०८२ भदौ २३ गते सोमबारको प्रदर्शन देशबाहिर पनि सञ्चालन भ्रएको छ ।

    Advertisement

    प्रदर्शनको क्रममा कैयौँ स्थानमा कर्फ्यु लागेको छ भने कतिपय स्थानमा प्रहरीले गोली चलाएको छ । कतै प्रदर्शनकारीले स्थानीय प्रशासनमाथि आक्रमण गरेका छन् ।

    कास्की

    जेनजीले पोखरामा सरकारी गाडी तोडफोड गरेका छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नजिकै मिलनचोकमा सोमबार दिउँसो बा २ झ ४२२ नम्बरको गाडी तोडफोड भएको हो ।

    यहाँ प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सहिदचोक क्षेत्रको चार किल्ला तोकेर निषेधाज्ञा जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

    झापा

    प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनालाई थप उपचारका लागि विर्तामोडस्थित बिएन्डसी अस्पताल रिफर गरिएको छ । आन्दोलनकारीले दमक नगरपालिकाको कार्यालय कब्जामा लिन खोजेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार देब्रे खुट्टामा गोली लागेर अस्पताल ल्याइएका २६ वर्षीय युवकको अवस्था गम्भीर भएपछि बिएण्डसी अस्पताल रिफर गरिएको हो ।

    खोटाङ

    जेनजीले खोटाङको दिक्तेलमा प्रदर्शन गरेका छन् । सोमबार मध्याह्न १२ बजे त्रिवेणीचौकबाट सुरु प्रदर्शन हाटडाँडा–त्रिवेणीचौक, बेसक्याम्प, रत्नपार्क हुँदै किरातचौकसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा विद्यालयका बालबालिका, शिक्षक लगायतको पनि सहभागिता थियो ।

    जनकपुर

    जनकपुरधाममा टायर बालेर जेनजी पुस्ताले प्रर्दशन गरेको छ । उनीहरूले ॅसरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे, जेनजी हाय/हाय, अरू सबै बाई बाई’ लगायतको नाराबाजी गरेका थिए । इन्ड करप्सन, आइएम विथ जेनजी मुभमेन्ट, स्टोप क्रप्सन, युथ युनाइटेड फ्युचर ब्राइट’ लगायतका प्लेकार्ड बोकेका थिए ।

    चितवन

    जेनजीको प्रदर्शनले भरतपुरमा स्थिति तनावपूर्ण बनेको छ । प्रर्दशनकारीले भरतपुर महानगरपालिका कार्यालयमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको छ । जेनजीसम्बद्ध एक समूहले सोमबार बिहान एक घण्टा प्रदर्शन गरेका थिए ।

    दाङ

    जेनजी समूहले दाङका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । घोराही, तुलसीपुरलगायत मुख्य मुख्य सहरमा युवाहरू भेला भएर नाराबाजी गरेका छन् । राष्टिय झन्डा र प्लेकार्ड बोकेका युवाले बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेट अगाडिसमेत प्रदर्शन गरेका थिए ।

    सुनसरी

    सुनसरीको इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेनजी र प्रहरीबिच दिउँसो झडप भएको छ । इटहरी उपमनपा कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् । सिडिओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरीचोक आसपास क्षेत्रमा लागु हुने गरी कर्फ्यु लगाएको जानकारी दिए ।

    मोरङ
    कोशी प्रदेशको राजधानी मोरङको विराटनगर जेनजी सडकमा उत्रिएका छन् । सरकारको भ्रष्टाचार विरुद्ध आक्रोश र सामाजिक सञ्जाल बन्दीकरणको विरोध गर्दै उनीहरूले प्रदर्शन गरे ।

    रुपन्देही

    जेनजीले बुटवलमा प्रदर्शन गरेका छन् । बिहान ९ बजे राजमार्ग चौराहाबाट सुरु भई बुटवल बहुमुखी क्याम्पसमा पुगेर प्रदर्शन समापन भएको थियो । प्रदर्शनमा ४ सयभन्दा बढीको सहभागिता रहेको थियो । यता प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न सोमबार दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

    नवलपरासी (पूर्व)

    कावासोतीमा जेनजी प्रदर्शनमा उत्रिएका छन् । कावासोतीको मध्यविन्दु, कुमारवर्ती र लुम्बिनी कलेजमा अध्ययनरत विद्यार्थी कावासोतीस्थित महेन्द्र राजमार्गमा प्रदर्शनमा उत्रिएका थिए ।

    सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.