काठमाडौं । सामाजिक सञ्जाल बन्द गरेको विरोधमा युवाहरूले संघीय संसद् भवन, बानेश्वरबाहिर प्रदर्शन केन्द्रित गरेका छन् ।
Advertisement
काठमाडौंमा कर्फ्यू आदेश जारी भएको छ । सोमबार साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा कर्फ्यू लगाएको छ । तर, कर्फ्यू आदेश सुरु भइसक्दा पनि प्रदर्शन रोकिएको छैन । आदेशको अवज्ञा गर्दै युवाहरूले अहिले पनि प्रदर्शन जारी राखेका छन् ।
केही प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पार्न खोजेपछि थापागाउँ हुँदै सिंहदरबारतर्फको सडकमा पनि प्रदर्शन गरिरहेका छन् ।
त्यसक्रममा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गर्नुका साथै हल्का लाठीचार्ज गरेको छ ।