• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • गुल्मी । जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो ।

    Advertisement

    मुसिकोट–४ स्थित फेदीमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मकैको पिठोको ब्राण्डिङसँगै त्यसको बजारीकरण गर्न लागिएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, नगरपालिका र कृषि ज्ञान केन्द्रको रु ७३ लाख तथा साना किसान सहकारी संस्थाको रु १६ लाख ५० हजार गरी करिब रु ९० लाखको लागतमा प्रशोधन उद्योग स्थापना गरिएको छ ।

    साना किसान कृषि सहकारी संस्थाबाट उत्पादित पिठो स्थानीय बजारदेखि बुटवलसम्म पुग्ने गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले बताउनुभयो । साना किसान सहकारीले स्थानीय किसानबाट प्रतिपाथी रु २०० मा मकै खरिद गरेको छ ।

    किसानबाट खरिद गरेको स्थानीय जातको मकैैलाई उद्योगमा प्रशोधन गरी त्यसलाई लेबलिङ र प्याकेजिङ गरेर बजारमा पठाइएको अध्यक्ष छन्तेलले बताउनुभयो । यसरी प्रशोधन गरेर तयार गरिएको मकैैको पिठोको मूल्य प्रतिकिलोे रु १३० निर्धारण गरिएको छ ।

    तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइबाट मकैको प्रशोधन, लेवलिङ र प्याकेजिङ गर्ने उपकरणमा कार्यालयबाट ८५ प्रतिशत अनुदान उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले जानकारी दिनुभयो ।

    यस आर्थिक वर्षमा सहकारीमार्फत स्थानीय बजारहुँदै बुटवल र काठमाडौँसम्म ३५ टन बराबरको पिठो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले बताउनुभयो ।

    नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेका लागि साना किसान सहकारीले गतिलो उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले सहकारीबाट उत्पादित मकैको पिठोलाई बजारीकरण गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले बजारमा उक्त पिठोको माग बढ्दै गएको बताउनुभयो ।

    विसं २०६३ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर स्थापना गरिएको उक्त सहकारी संस्थाले नगरपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का करिब ३०० घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आइरहेको छ ।

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.