• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विदेशतिर लागेका युवाका सङ्घर्ष र सपनाका कथा


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • नवीन बस्याल ##

    Advertisement

    देशको भित्ता भत्किएका छैनन्, ढोका बन्द भएका छैनन् तर पनि हजारौँ युवा बिहानै विमानस्थलको लाइनमा उभिन्छन् । उनीहरूको आँखामा उत्साह पनि हुन्छ, सँगै निराशा पनि । कतिले भन्छन्, “देशमा केही छैन, त्यसैले हिँडे ।” म भन्छु– देशमा सबथोक छ, केवल रोजगारी, श्रमको उचित मूल्य, अवसर र न्याय छैन ।

    म आफै अहिले परदेशमा छु । यताबाट हेर्दा मातृभूमिको पहाड अझ हरियो देखिन्छ, खोला अझ फराकिलो लाग्छन् तर त्यही हरियालीमुनि कतै बेरोजगारीको पीडा छ, कतै मिहिनेतको मूल्य नपाउने तितो पीडा । त्यसैले हामीमध्ये धेरैले विदेशलाई रोजगारी मात्र होइन, सपना र भविष्यको पाटोको रूपमा पनि देख्यौँ ।

    धेरैलाई लाग्छ, युवाले देश छोड्नु भनेको देशसँग निराशा हो तर सत्य त्यस्तो होइन । हाम्रो हिँडाइ नकारात्मकताको परिणाम मात्र होइन, आशा र भविष्यप्रतिको विश्वास पनि हो।

    विदेश आउँदा हामीले केवल पैसा बटुल्ने सोच मात्र राखेका हुँदैनौँ, हामीले ज्ञान, सिप, क्षमता, अनुभव र अनुशासनसँगै संसारलाई हेर्ने फरक दृष्टिकोणको विकास गर्ने कुरालाई पनि साथमै बोकेका हुन्छौँ ।

    देशमा केही छैन भन्ने होइन, देशमा धर्ती छ, खेतबारी, खोरिया छ, भाषा छ, संस्कार छ, संस्कृति छ, माया छ तर देशले अझैसम्म युवाका पसिनाको मूल्यलाई स्वीकृत गर्न सकिरहेको छैन । यही कारण पनि हामी बाध्यतामाझ आँट गरेर देश छोडेर परदेश निस्किन विवश छौँ ।

    यता, विदेशको जीवन सजिलो छैन । बिहानदेखि बेलुकासम्म पसिना बगाएर मात्रै पेट भरिन्छ वा दैनिकी चल्छ तर यी सबै सङ्घर्षभित्र एउटा गहिरो सन्देश लुकेको छ, सङ्घर्षबिना सपना पूरा हुँदैन । कामको थकाइले शरीर दुख्छ तर मनमा भोलि र भविष्यको मार्गचित्र लगातार बनिरहेको हुन्छ । हामीलाई थाहा छ, हामीले आज गरेको परिश्रम केवल व्यक्तिगत जीवनका लागि मात्र होइन, भोलि परिवार, समाज हुदै अन्ततः राष्ट्रकै लागि निम्ति हो ।

    विदेश हिँड्दा देश बिर्सिन्छ भन्ने किसिमको भाष्य पनि निर्माण गर्न खोजिन्छ तर देश बिर्सिन मिल्दैन । टाढा हुँदा देशप्रतिको प्रेम झनै बढेर आउँछ । यहाँ जापानको सडकमा हिँड्दा म सधैँ आफ्नै गाउँको बाटो सम्झन्छु । यहाँको घडीले देखाएको समयभन्दा बढी मेरो मनमा आफ्नै मातृभूमिको समय चलिरहेको हुन्छ । हामीले कमाएका पैसाले घर बनाउँछौँ, खेत किन्छौँ, छोराछोरी पढाउँछौँ तर यसभन्दा ठुलो र महत्त्वपूर्ण कुरा के हो भने विकसित देशजस्तै विकासको यात्रामा देशलाई कसरी लैजान सकिन्छ भन्ने दृष्टिकोणको निर्माण यहाँबाट भइरहेको हुन्छ ।

    युवाले देश छोड्दा देशले लगानी गुमायो भन्ने कुरा आधा मात्र सत्य हो । हो, तत्काल हुने र गर्न सकिने योगदानमा कमी आउला तर लामो विदेशयात्रामा हामीले प्राप्त गरेका ज्ञान, सिप, क्षमता र अनुभवलाई आफ्नो देशमा लिएर प्रयोग गरेर देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन सकिन्छ । विदेशले हामीलाई श्रमको सम्मान गर्न सिकाउँछ† समयको मूल्य र महत्त्व बुझाउँछ,† इमान, इज्जत र इमानदारीको आवश्यकता महसुस गराउँछ । यी सबै उपयोगी कुरा हामीले हाम्रो देशमा लागु गर्न सके, हाम्रो देशलाई नयाँ ढङ्गले फरक स्थानमा पुऱ्याउन सकिन्छ । देशलाई केवल सरकार वा नेताले मात्र परिवर्तन गर्ने होइन, देशका सम्पूर्ण नागरिक, विदेशबाट फर्केका युवाका अनुभव, पुँजी र सोचाइ देशलाई नयाँ दिशामा लैजान कोशेढुङ्गा साबित हुन सक्छन् ।

    म भन्छु, विदेश जानु हार होइन, यो एउटा सिकाइ र ज्ञान आर्जनको चरण हुन सक्छ । देशमा केही नभएर होइन र हुँदैन भनेर पनि तर भइरहेकोभन्दा अझ धेरै बनाउन सकिन्छ भनेर हामी विदेश आएका हौँ ।

    हामीले यस्तो सङ्कल्प गरेका छौँ, कुनै दिन हामीले सिकेको अनुशासन, सिप र अनुभवले आफ्नै भूमिमा मिठो फल फलाउनेछ । सङ्घर्ष अहिले छ तर सपना भोलि हो । यही सपना र सङ्कल्पले हामीलाई यो ठाउँ उभ्याइराखेको छ ।

    युवा देश छोड्छ तर देश मनभित्रै बोकेर छोडेको हुन्छ । विदेश सङ्घर्षको थलो हो । त्यो स्थायी होइन, अस्थायी हो ।

    देशले हाम्रो परिश्रमको मूल्य दिइरहेको छैन भन्ने पीडा साँचो हो, आज हामी विदेशमा सङ्घर्ष गर्दैछौँ, भोलि यही सङ्घर्षलाई ज्ञान, सिप र अनुभवको रूपमा रूपान्तरण गरेर आफ्नै मातृभूमिलाई सबल, सक्षम मजबुत र आत्मनिर्भर बनाउन सक्छौँ ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.