• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

रुकुम हत्याकाण्डको छानबिन गर्न संसदीय टोली घटनास्थलमा


  •   बुधबार, असार ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । ६ जना युवाको हत्या हुनेगरी रुकुम पश्चिमको चौरजहारीमा भएको जातीय हिंसाको घटना छानबिन गर्न गठित संसदीय टोली घटनास्थल पुगेको छ । घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्नका लागि गठन गरिएको संसदीय विशेष समितिले घटनास्थलमै पुगेर छानविन थालेको हो ।

    Advertisement

    घटना भएको स्थान चौरजहारी नगरपालिका–८ सोती गाउँमा बुधबार बिहान टोली पुगेको समितिका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले जानकारी दिनुभयो ।

    जेठ ३२ गतेदेखि समितिले छानबिन थालेको हो । यस अघि जाजरकोटको भेरी नगरपालिका–४ मा पुगेर समितिले पीडित परिवारसँग भेटघाट गरेको सांसद पौडेलले युगदर्शनलाई जानकारी दिनुभयो ।

    जेठ १० गते जाजरकोट भेरी नगरपालिका ४ का नवराज विकसहित टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीलाई हत्या गरी भेरी नदीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।

    सो घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सादस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिमा सांसद दुर्गा पौडेलसहित मीनबहादुर विश्वकर्मा, प्रकाश रसाइली, एकवाल मियाँ, पार्वती कुमारी बिसुन्के, बिमला विक, महेश्वरजंग गहतराज र रामसहाय प्रसाद यादव सदस्य छन् ।

    सरकारले गत जेठ २६ गते पौडेल नेतृत्वमा संसदीय विशेष समिति गठन गरेको थियो । सो टोलीमा रहेका संसद सचिवालयका सहसचिव सुरजकुमार दुरासहितका पाँच जना पनि सो घटनाको छानविनका लागि रुकुम पुगेका छन् ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ कि आफ्नी प्रेमिका सुष्मा मल्ल ठकुरीसँग बिहे गर्न भनी रुकुमको सोती पुगेका जाजरकोटका प्रेमी नवराज विकसहित १८ जनामध्ये ६ जनालाई त्यहाँका स्थानीयले लखेटेर हत्या गरेका थिए।

    घटनालगत्तै गृह मन्त्रालयले सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा नेपाल प्रहरीका एसएसपी जनक भट्टराई, केन्द्रीय अनुसन्धान विभागका ओमबहादुर खड्का, मन्त्रालयका उपसचिव वशिष्ट कुमार घिमिरे र माधवप्रसाद ढकाल रहेको पाँच सदस्यीय छानविन टोली गठन गरेको थियो ।

    रुकुम घटनाः वडाअध्यक्षकै योजनामा, पीडित परिवारलाई १० लाख दिने तयारी

    मन्त्रालयको सो टोलीले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा नवराज विकसहित ६ जनालाई ४ किलोमिटरसम्म लखेटेर हत्या गरी भेरी नदीमा फालिएको उल्लेख छ । घटनाका योजनाकार चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्बर बहादुर मल्ल रहेको समेत प्रतिवेदनमा उल्लेख छ।

    गृह मन्त्रालयको छानविन समितिले प्रतिवेदन बुझाएलगत्तै संसदीय विशेष समिति रुकुम गएको हो।

    बुधबार, असार ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.