दाङ देउखुरी । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले विभिन्न राजनीति घटनाक्रम र देशमा बढडो भ्रष्टाचार र गणतन्त्रको रक्षाको लागि जिल्ला व्यापी विरोध सभा निश्चित गरेको छ ।
यही २०८२ भदौ १७ गते जिल्ला सचिवालयको बैठकले सो निर्णय गरेको हो । बैठकले घोराही, तुलसीपुर, गढवा, राप्ती, लमही र राजपरमा विरोध सभा गर्ने बैठकपछि अध्यक्ष गणेश आचार्यद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
प्रेस बिज्ञप्ती लेखिएका छः
“राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको सचिबालयको बैठक मिति २०८२ भन्द्र १७ गते अध्यक्ष गणेश आचार्य को अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो प्रेस बिज्ञप्ती जारि गरिएको छ ।
१. बैठकले समग्र सामाजिक, राजनीतिक अबस्थाको बारे गम्भीर समिक्षा गर्दै केहि आगामी कार्यक्रमहरु तय गरेको छ । लिपुलेकको विषयमा भारत र चिनको नीति, बढडो भ्रष्टाचार र गणतन्त्रको रक्षाको लागि भदौको २६ गते घोराहीमा, २७ गते तुलसीपुर, २९ गते गढवा, ३० गते राप्ती, ३१ गते लमहि र असोज १ गते राजपुरमा बिरोध सभाको कार्यक्रम गर्ने निर्णय भएको छ ।
२. राजनीतिक आन्दोलनमा चरम निराशा, पलायन र अस्थिरता भैरहेको अवस्थालाइ ध्यानमा राखेर समसामयिक राजनीतिक अवस्थाको अबगत गराउने उदेश्य सहित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । उक्त प्रशिक्षण कार्यक्रम तुलसीपुरमा भदौ २७ गते, घोराहीमा भदौ २६ गते, लमहीमा भदौ ३१ गते, राप्तीमा भदौ ३० गते, गढवामा भदौ २९ गते र राजपुरमा असोज १ गते हुनेछ ।”
क्रान्तिकारी अभिबादन सहित
गणेश आचार्य
अध्यक्ष