कावासोती । राष्ट्रिय जनमोर्चा गैडाकोट नगर समितिको आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न पारिएको हो छ । सो कार्यक्रम २०८२ भाद्र १४ गतेका दिन सम्पन्न पारिएको थियो ।
अन्य जिलाहरूबाट बसाई सराई गरी र प्रबासबाट नोकरीबाट अवकास प्राप्त गरि गैडाकोटका विभिन्न वार्डहरूमा बसोबास गर्दै आउनुभएका राष्ट्रिय जनमोर्चाका समर्थक तथा शुभचिन्तकहरू बिच सम्मान तथा परिचयात्मक कार्यक्रम गरिएको हो ।
ऊक्त कार्यक्रममा राजमो केन्द्रीय सदस्य दिपक पाण्डेको प्रमुख आतिथ्य थियो । जिल्ला सदस्य तथा गैडाकोट नगरका अध्यक्ष होमनाथ पराजुलीको अध्यक्षता राजमो गैडाकोटका सचिब खिलेश्वरी धितालको सञ्चालनमा ऊक्त कार्यक्रम भएको हो । गैडाकोट नगरका उपाअध्क्ष ऋृषिराम कडेलले स्वागत मन्तव्य दिनुभएको थियो ।
त्यस्तै नेकपा (मसाल) नवलपुरका प्रबक्ता चन्द्र सापकोटा, (अन्टुक)का महासचिब सालीकराम सापकोटा, जातीय समता समाजकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बिक, तराई मधेस जनबादी मोर्चाका केन्द्रीय सदस्य रुप नारायण महत्तो, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुर्व केन्द्रीय सचिब प्रेम सापकोटा, राजमो गण्डकी प्रदेस सदस्य कृष्ण सापकोटा, अखिल नेपाल महिला संघ नवलपुर जिल्लाकी अध्यक्ष बिष्णु पान्डे, मुल प्रवाह रोपड महिला विभागकी संयोजक सीता सापकोटा, मुल प्रबाह रोपडका संस्थापक सदस्य टेक नारायण सापकोटा लगायतले अतिथि आसनग्रहण गर्नुभएको थियो ।
साथीहरूलाई अध्यक्ष होमनाथ पराजुलीले टीका र सालीकराम सापकोटा र लक्ष्मी बिकले खादा ओडाई २९ जनालाई सम्मान गरिएको थियो ।