खिमराज चालिसे
Advertisement
संगरुर । भारतको पञ्जाब राज्यको संगरुरमा मूल प्रवाहको २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम मंगलवार २६ अगस्त २०२५ को सम्पन्न भएको छ ।
“प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संघर्ष गरौँ” भन्ने मूल नाराका साथ सम्पन्न भएको हो।
समारोहमा सुदुर पश्चिमोत्तर महिला क्षेत्रीय सदस्य लक्ष्मी खनाल, सांस्कृतिक विभाग क्षेत्रप्य सदस्य राजु खनाल, नगर समितिका नेताहरू रामप्रसाद खनाल, गुणानिधी आचार्य, रामजी भुसाल, धनबहादुर बिक, बाबुराम परियार, जीवन शर्मा, पवित्रा बस्याल, गंगा आचार्य लगायतको आतिथ्य रहेको थियो ।
तिजी कार्यक्रम सिता शर्माको अध्यक्षतामा तथा सरिता भुसालको सञ्चालन एवं मन्जु शर्मा र सांस्कृतिक कलाकारहरूको स्वागतबाट अगाडि बढेको थियो ।