• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

दश वर्षअघि नेपाल विरुद्ध उज्याइएको तरबार


  •   शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
  • युगदर्शन साप्ताहिक वर्ष १६, अङ्क ४२ मा प्रकाशित सम्पादकीय

    Advertisement

    आजभन्दा दश वर्षअगाडि २०७२ जेठ १ गते भूकम्पले थिलोथिलो परेको छिमेकी देश नेपाल, जो आकारमा उनीहरूभन्दा धेरै सानो छ, को घाउमा दुई भीमकाय देश चीन र भारतले नुनचुक छर्किएका थिए, लिपुलेकलाई द्विपक्षीय व्यापारनाका बनाउने सम्झौता गरेर । इतिहासमा त्यो साल नेपालका लागि अत्यन्तै दुखद् थियो । वैशाख १२ गते शक्तिशाली भूकम्प र आफ्‌नो संविधान आफै बनाएबापत् असोज ६ गतेदेखि भारतद्वारा नाकाबन्दी गरिएको थियो । त्यसका बाबजुद खुसीको कुरा यो थियो : इतिहासमै पहिलोपटक संविधानसभाबाट बनेको संविधान जारी गर्न अभूतपूर्व राष्ट्रिय राजनीतिक सहमति कायम भएर असोज ३ गते संविधान जारी हुनु । यता, साम्राज्यवादी भारत नेपालको राष्ट्रिय अस्मिता निमिट्यान्न पार्न जहिल्यै तरबार उज्याएर बस्ने गरेको छ । त्यो वर्ष भूकम्पले नेपाली जनता हृदयविदारक चीत्कारको बेवास्ता गरेर भारतले तरबार प्रहार गर्‍यो । भारतको यस्तो चरित्र नयाँ थिएन तर दुःखको कुरा थियो, चीनसमेत भारतको त्यस्तो छिमेकीघाती प्रवृत्तिमा साथी थियो ।

    आज ठिक दश वर्षपछि भारत र चीनले त्यही छिमेकीघाती काम दोहोर्‍याएका छन् । गत २०८२ भदौ ३ गते तदनुसार अगस्त १९, २०२५ का दिन उनीहरूले पुनः त्यही हस्तक्षेप दोहोर्‍याएका छन् । यद्यपि यतिखेर नेपाल २०७२ सालजस्तो अवस्थामा छैन । संसद्का दुई ठुला देशको अङ्कगणितीय सरकार अस्तित्वमा छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय परिस्थितिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका विरुद्धसमेत ट्यारिफ वार (करयुद्ध) थोपरेपछि भारतसितको अन्तर्राष्ट्रिय सम्बन्धमा तिक्तता आएको छ । छिमेकी पाकिस्तान र भारतलाई जन्मजात दुस्मन मान्ने तर सात समुद्रपारि रहेको अमेरिकाको इजरायलजस्तै जुनियर पार्ट बन्न राजी भारतका सामु अकस्मात् प्रतिकूल परिस्थिति आइपर्‍यो । अमेरिकी राष्ट्रपति चुनावअघि “ट्रम्प–मोदी दोस्ती” को गुणगान गाउने भारत अहिले होसमा आएको छ । फलस्वरूप भारत चीनसित मिलेर क्षेत्रीय आर्थिक स्वार्थ बलियो बनाउने प्रयासमा छ । त्यसैको भेटी चढेको छ, छिमेकी देश नेपाल, जोसित स्वयम् भारतले “रोटी–बेटी” को सम्बन्ध भएको दाबी गरिरहन्छ तर मौका मिल्नासाथ तरबार उज्याइहाल्छ ।

    भारतले सन् १९५४ देखि नै लिम्पियाधुरादेखि कालापानीसम्मको करिब भक्तपुर जिल्लाबराबरको भूभाग आफ्‌नो दाबी गर्दै आएको छ तर त्यो झुटा तर्क हो । सन् १९६२ मा चीनसित युद्धको बेलामा नेपालका तत्कालीन राजा महेन्द्रको स्वीकृतिमा त्यो स्थानमा भारतीय फौज बसेका थिए । यद्यपि चीनसितको सम्भावित युद्धको अनुमान गरेर भारतले नेपालसित सन् १९५० “शान्ति तथा मैत्री” सन्धि गरेको थियो । सन्धिमा उल्लिखित “राष्ट्रिय व्यवहार” त्यही प्रयोजनका लागि थियो भन्न सकिन्छ । उक्त क्षेत्र चीनका विरुद्ध जासुसी गर्न वा सैन्य आक्रमणका लागि उपयुक्त हुने लागेपछि भारतीय फौज त्यहाँबाट हट्न चाहेन । राजा महेन्द्रको समयमा कीर्तिनिधि विष्टले त्यस क्षेत्रका कैयौँ चेकपोस्ट हटाउँदा कालापानीमा भारतीय फौज त्यहीँ बसिरह्यो । तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले आफ्‌नो दीर्घायुसित कालापानी साट्यो । अहिले जुन राजावादीले राजा र राष्ट्रियतालाई एकअर्काको पर्याय दाबी गरिरहेका हुन्छन् तर त्यो कति खोक्रो र झुट छ ? लिम्पियाधुरादेखि लिपुलेक, जसभित्र कालापानी पनि पर्दछ, माथिको अतिक्रमणले पुष्टि गर्दछ ।

    “रोटी–बेटी” सम्बन्ध भएको सानो छिमेकी विरुद्ध तरबार उज्याउने भारत र माओत्सेतुङको समयमा सगरमाथाबारे विवाद हुँदा मैत्रीपूर्ण रवैया अपनाउने चीनका विरुद्ध बोल्नैपर्ने अवस्थामा यतिखेर नेपाली छन् । लिपुलेक नेपाली सार्वभौमसत्ता र भौगोलिक अखण्डताभित्र पर्ने भूभाग हो । भारतको गिद्देदृष्टि त त्यहाँ पहिलेदेखि नै थियो, अब चीनको पनि सहयोगी रवैया देखा परेको छ । यो अतिक्रमण हटाउन नेपालले तत्कालै कूटनीतिक पहललाई तीव्रता दिनुपर्ने आवश्यकता छ, साथै नेपाललाई हेपिरहेको अवस्थामा लिपुलेक मामिलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ ।

    शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
    राज्यसत्ता
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.