• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

घ्याम्पेडाँडा–रानीकोट –पनौती  सडक पहिरोको जोखिममा


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • भक्तपुर । भक्तपुरको पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा–रानीकोट हुँदै पनौती जाने सडक पहिरोका कारण दुर्घटनाको उच्च जोखिममा परेको छ । सूर्यविनायक चोकबाट घ्याम्पेडाँडा, रानीकोट हुँदै काभ्रेको पनौती जोड्ने सडकमा पहिरो गएपछि यातायातका साधन आवागमनमा समस्या पर्नुका साथै पहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएको हो ।

    Advertisement

    रानीकोटका पर्यटन व्यवसायी एवं भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले भक्तपुरबाट पनौती जाने एक मात्र वैकल्पिक सडकको रूपमा रहेको घ्याम्पेडाँडा–रानीकोट खण्डमा पहिरो गएको बताउनुभयो । उक्त खण्ड भएर पनौती जाने छोटो दूरीको सडक पहिरोको उच्च जोखिममा रहेको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “सूर्यविनायकबाट काभ्रेको पनौती पुग्ने छाटो दूरीको यो एक मात्र सडक हो । यो पर्यटकीय सडक पनि हो । सूर्यविनायकको पर्यटकीय क्षेत्रका रूपमा परिचित रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको चाप बढिरहेको अवस्थमा एक महिनादेखि पटकपटक पहिरो गइरहेको छ । केहिदिन यता खानेपानीको पाइप फुटेर पानी बगेपछि थप पहिरो गएर जोखिम बढेको हो, यहाँ कुनै पनि बेला दुर्घटना हुनसक्ने जोखिम छ ।”

    पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत दैनिक खाद्यान्नका सामग्री बोकेर सूर्यविनायक आउने–जाने सवारीसाधनमा कमी भएको बकेँले बताउनुभयो । साथै घ्याम्पेडाँडा र रानीकोट जाने स्थानीयवासी एवं पर्यटकलाई सास्ती भएको उहाँको भनाइ छ ।

    पर्यटन व्यवसायी बकेँले भन्नुभयो, “रानीकोटमा आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्य हुने गर्थ्यौ, सडकका कारण पर्यटन व्यवसायमा समस्या आएको छ । घ्याम्पेडाँडामाथि रानीकोटसम्म आएको पहिरो हरेक वर्ष म आफैँले डोजर लगाएर पन्छाउने गर्थे । यसवर्ष पनि पन्छाउँदै आएको छु, तर सूर्यविनायकबाट घ्याम्पेडाँडासम्मको सडक थप जोखिममा परेको छ ।”

    उहाँले हरेक वर्ष घ्याम्पेडाँडा हुँदै रानीकोट जाने सडकमा पहिरो जाने गरेपनि देशको तीनवटै सरकारले बेवास्ता गरेको गुनासो गर्नुभयो । हरेक दिन पनौतीबाट सूर्यविनायकसम्म सयौँ सवारीसाधान ओहोरदोहोर गर्ने यो सडक उच्च जोखिममा पर्दा पनि पहिरो नियन्त्रण गर्न र पहिरो पन्छाउनेबारे कसैले चासो नदिएको यहाँका पर्यटन व्यवसायीको गुनासो छ ।

    घ्याम्पेडाँडाका स्थानीय समिर लामाले यो सडकको अवस्था नाजुक भएको, कालोपत्र उप्किएर खाल्डैखाल्डो भएको र साँघुरो भएकाले स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको गुनासो गर्नुभयो ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.