• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

काभ्रेको पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण


  •   बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक । बनेपा नगरको केही वडामा पशुचौपायामा ‘लम्पी–स्किन’को सङ्क्रमण देखिएको छ । वडा नं १२ र १४ का केही दुधालु पशुमा देखिएको सङ्क्रण पुष्टी भएको पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    Advertisement

    जिल्लाको धुलिखेल, पाँचखाल तथा मण्डनदेउपुरमासमेत सङ्क्रमण देखिएको र परीक्षणका लागि प्रयोगशाला पठाउन नमूना सङ्कलन भइरहेको जनाइएको छ । कार्यालयका प्राविधिक तारामान तामाङकाअनुसार विगत छ महिनादेखि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लाका २५ स्थानीय तहका पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको छ भने भदौ पहलिो हप्ता सप्ताहब्यापी चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

    बनेपाको ११ नं वडामा एक र १२ नं वडाको एक गाईमा लम्पी–स्किन सङ्क्रमण परीक्षण गर्दा पुष्टी भएको नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माले बताउनुभयो । उहाँका अनुसार ती दुई स्थानका पशुमा लम्पी–स्किन सङ्क्रमण पुष्टी भएलगत्तै त्यस क्षेत्र वरिपरिका गाई–भैंसीमा दोहोर्‍याएर खोप लगाइसकिएको छ । छ महिनाको अवधिमा बनेपा नगरको १६ हजार पशुमा लम्पी–स्किनविरुद्धको खोप लगाइएको शर्माले बताउनुभयो ।

    जिल्लास्थित पश् सेवा कार्यालयका अनुसार गत वर्ष काभ्रेपलाञ्चोकमा लम्पी–स्किन सङ्क्रमित २८ हजार ६५६ पशुमध्ये एक हजार २७४ पशु मरेका थिए । जिल्लाको १३ स्थानीय तहमध्ये केही तहले पशु मरेका किसानलाई राहत प्रदान गरेका थिए ।

    नेपालमा विसं २०७७ साउनमा मोरङमा पहिलो पटक यो रोग पुष्टि भएको थियो । त्यसपश्चात नेपालका सात वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा ठूलो मात्रामा ह्रास आएको जनाइएको छ । डा प्रकाश अधिकारीका अनुसार यो रोगको सङ्क्रमण भएको लैनो गाईभैँसीमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ । गाईभैँसीमा यो रोग देखापरेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको कडा गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्याधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोड सुनिने लक्षण देखा पर्ने र अन्त्यमा मृत्यु हुने हुन्छ ।

    यस्तै लम्पी स्किन रोग लगाउने भाइरस् गोठको वातावरणमा लामो समयसम्म जीवित रहन्छ । यो रोग लागेर मरेका पशुको उचित तरिकाले गाड्ने वा जलाउनेकार्य छिटोभन्दा छिटो गर्नुपर्दछ । लामखुट्टे, किर्ना र भुसुनाजस्ता कीराले यो रोगको बिषाणु रोगी पशुबाट स्वस्थ पशुमा सर्ने गर्छन् । वर्षात्को मौसममा बढी देखिने यो रोग रोगी पशुको सिङ्गान, दूध र घाउबाट निस्केको पीप, रगतजस्ता जैविक रसको प्रत्यक्ष संसर्गबाट सर्नसक्छ । सङ्क्रमित गाईबस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट पनि यो रोग सर्ने गरेको पाइएको छ ।

    बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.