नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको महिला विभागले तिजी कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
२६ अगस्त २०२५ मङ्गलबारका दिन सो प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको हो ।
बबिता रोकामगरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा समाजका केन्द्रीय सदस्य तिलक पाण्डेको आतिथ्य रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय सदस्य रामु धमाल, नगर समितिका अध्यक्ष सुनिल थापा, नगर समिति सदस्य बोमबहादुर विक, नगर सदस्य एपी हिताग, नगर सदस्य हरि ज्ञवालीको उपस्थिति रहेको थियो ।
कार्यक्रमा स्वागत सपना र रक्तिम कलाकारले गित र नित्य प्रस्तुत गर्नुभएको थियो ।