नेल्लोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नेल्लोर नगर महिला बिभागको आयोजना तिज कार्यक्रम सम्पन्न पारिएको छ ।
Advertisement
भुमादेवी केसीको अध्यक्षत र नगर महिला सदस्य सुभद्रा केसीको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरूलाई कल्पना खत्रीले स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य काशिराम शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य ठाकुर प्रसाद केसी, सांस्कृतिक बिभागबाट देबि बिक, मेख बहादुर खत्री, गोर बहादुर केसी, डिल बहादुर बसेल, लक्ष्मण सुनार, नर बहादुर सुनार, मनिराम पुन, रुकमान खड्का, नारायण दत्त अधिकारीलगायतको अथिति आसन ग्रहण गर्नुभएको थियो ।
दिनेश केसीले धन्यवाद मन्तव्य दिनुभएको थियो ।