• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अष्ट्रेलियाको कार्बन उत्सर्जनमा उल्लेखनीय गिरावट


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • मेलवर्न । अष्ट्रेलियाको हरितगृह ग्यास उत्सर्जन सन् २०२५ को मार्च महिनासम्मको एक वर्षमा १.४ प्रतिशतले घटेको सरकारी प्रतिवेदनले देखाएको छ।

    Advertisement

    जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा जल मन्त्रालयले सार्वजनिक गरेको त्रैमासिक प्रतिवेदनअनुसार अष्ट्रेलियाले सन् २०२५ को मार्चसम्मको १२ महिनामा ४४०.२ मिलियन टन कार्बन डाइअक्साइड समतुल्य ग्यास उत्सर्जन गरेको छ, जुन अघिल्लो वर्षको ४४६.७ मिलियन टनभन्दा कम हो।

    यो तथ्याङ्क अनुसार सन् २००५ को तुलनामा हालको उत्सर्जन २८ प्रतिशतले घटेको छ। अष्ट्रेलियाले पेरिस सम्झौता अन्तर्गत सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तिमा ४३ प्रतिशत उत्सर्जन कटौती गर्ने लक्ष्य लिएको छ।

    जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले एक विज्ञप्तिमा भन्नुभयो, “यदि हामी हालको मार्गमा अडिग रह्यौं भने उत्सर्जन घटाउने हाम्रो लक्ष्य प्राप्त गर्न सकिन्छ। त्यसका लागि हामीले अझै प्रयास जारी राख्न आवश्यक छ।”

    उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार, विद्युतीय उत्पादन, औद्योगिक प्रक्रिया तथा स्थायी ऊर्जाका क्षेत्रहरूबाट उत्सर्जनमा कमी आएको हो। यसमा प्रविधिको सुधार, उत्पादनमा आएको परिवर्तन तथा घरायसी ग्यासको खपतमा कमी मुख्य कारण मानिएको छ।

    प्रतिवेदनमा समावेश प्रारम्भिक तथ्याङ्क अनुसार, २०२५ को जून महिनासम्मको एक वर्षमा उत्सर्जन थप घटेर ४३६ मिलियन टन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.१ प्रतिशत कम हो। यो सन् २००५ को तुलनामा २९ प्रतिशतको गिरावट हो।

    सरकारले सन् २०३५ को उत्सर्जन कटौती लक्ष्य निर्धारणको तयारी गरिरहेका बेला यो तथ्याङ्क सार्वजनिक गरिएको हो। जलवायु परिवर्तन प्राधिकरण (सीसीए) ले आगामी असोज महिनामा सन् २०३५ को लागि आवश्यक लक्ष्यबारे औपचारिक सल्लाह दिने अपेक्षा गरिएको छ।

    सीसीएले गत वर्ष प्रकाशित गरेको प्रतिवेदनमा सन् २०३५ सम्ममा अष्ट्रेलियाले २००५ को तुलनामा कम्तिमा ७५ प्रतिशत उत्सर्जन कटौती गर्नुपर्ने सुझाव दिएको थियो, जसले विश्वको तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित गर्न मद्दत पुर्‍याउनेछ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.