• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा केसी, महासचिवमा गौतम


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • मेघराज रिष्मेली, ओसाका (जापान) ।

    Advertisement

    जापान नेपाली एकता समाजको तेस्रो राष्ट्रिय सम्मेलन अध्यक्षमा दण्ड केसी र महासचिवमा धनराज गौतमलाई चयन गर्दै सम्पन्न भएको छ ।

    संस्थापक अध्यक्ष यामलाल सापकोटाको प्रमुख आतिथ्यमा अगस्त २५, २०२५ तदनुसार २०८२ भदौ ९ गते सोमबार ओसाकाको अवेनो वेरुता हलमा सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सापकोटाले यति बेला नेपालको राष्ट्रियतामाथि छिमेकी दुई साम्राज्यवादी मुलुकले हस्तक्षेप गरेको बताउनुभयो ।

    ‘हालै भारत र चीनले लिम्पयाधुरा, कालापानी, लिपुलेकलाई नेपालको स्वीकृतिबिना नै व्यापारिक नाका बनाउने सहमति गरेका छन्, त्यो सरासर नेपालको भौगोलिक अखण्डतामाथिको आक्रमण हो’ उहाँले भन्नुभयो– ‘लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि नेपालको अभिन्न अङ्ग हो ।’

    सम्मेलनलाई केन्द्रीय सल्लाहकार भीम केसी, रक्तिम सांस्कृतिक अभियान जापानका अध्यक्ष टीका केसी, अभियानकै उपाध्यक्ष रेनु गुरुङ, केन्द्रीय सदस्य मनबहादुर सलामी, पत्रकार मेघराज रिष्मेली, कान्साई क्षेत्रीय समितिका अध्यक्ष भूवन सापकोटा, कान्तो क्षेत्रीय समितिका गोम बुढाथोकीले शुभकामना दिनुभएको थियो ।

    सम्मेलनमा केन्द्रीय सल्लाहकार नन्दु शर्मा, केन्द्रीय सदस्यहरू हेमलाल गौतम, लीला परियार, भक्त सापकोटालगायतको आतिथ्य रहेको थियो ।

    निवर्तमान कावा अध्यक्ष दण्ड केसीको अध्यक्षता र महासचिव तेजेन्द्र क्षेत्रीको सञ्चालनबाट अगाडि बढेको सम्मेलनको उद्घाटनसत्रका सहभागीलाई उपाध्यक्ष गोपाल सापकोटाले स्वागत गर्नुभएको थियो ।

    सम्मेलनलाई जापान नेपाली एकता समाजका निवर्तमान अध्यक्ष शालिकराम सापकोटा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष प्रेम पौडेल, कुवेत नेपाली एकता समाजका खुम रायमाझी, ओमान नेपाली एकता समाजका छविलाल बस्नेत र साउदी अरब नेपाली एकता समाजका अध्यक्ष खुमिराम भण्डारीलगायतले लिखित शुभकामना पठाउनुभएको थियो ।

    उद्घाटनसत्र समापनसँगै प्रमुख अतिथि सापकोटाले तेजेन्द्र क्षेत्री, गोपाल सापकोटा, हेमलाल गौतम, लीला परियार र ऋषि शर्मासमेतको अध्यक्षमण्डल प्रस्ताव गर्नुभएको थियो । हाउसले सो प्रस्ताव स्वीकार गरेसँगै अध्यक्षमण्डलको अध्यक्षता गोपाल सापकोटाले र सञ्चालन तेजेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।

    बन्दसत्रमा विधानमाथिको संशोधन प्रस्ताव निवर्तमान कावा अध्यक्ष दण्ड केसीले प्रस्तुत गर्नुभयो । सो प्रस्तावमाथि नवीन बस्याल, नारायण ज्ञवाली, उमेश न्युरे र भूवन सापकोटाले छलफलमा भाग लिनुभएको थियो ।

    त्यस्तै, प्रगति प्रतिवेदनको मस्यौदा धनराज गौतमले तथा आर्थिक प्रतिवेदन छन्द सापकोटाले पेस गर्नुभएको थियो ।

    विधानमाथिको संशोधन प्रस्ताव, प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन छलफलसँगै पारित भएपछि नयाँ समितिको प्यानल लीला परियारले प्रस्तुत गर्नुभएको थियो ।


    ३२ सदस्यीय केन्द्रीय समिति

    सम्मेलनले दण्ड केसी अध्यक्ष रहनुभएको २३ पूर्ण र नौ सल्लाहकार गरी ३२ सदस्यीय जापान नेपाली एकता समाजको केन्द्रीय समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा तेजेन्द्र क्षेत्री, नारायण कँडेल र गोपाल कृष्ण सापकोटा, महासचिवमा धनराज गौतम, सचिवमा प्रदीप विक र हेमलाल गौतम तथा कोषाध्यक्षमा छन्द सापकोटा रहनुभएको छ ।

    त्यस्तै सदस्यमा रेनु गुरुङ, ऋषि पौडेल, नारायण ज्ञवाली, नवीन बस्याल, गोम बुढाथोकी, भूवन सापकोटा, मेघराज सापकोटा, गङ्गाकाजी थापा, दयाराम सुवेदी, रमेश केसी, रुद्र न्युरे, उमेश न्यूरे र टिका केसी रहनुभएको छ ।

    सम्मेलनले यामलाल सापकोटा, यमलाल सापकोटा, भीम केसी, नन्दु शर्मा, गोपाल सापकोटा, लीला परियार, कमल कार्की, केशव सापकोटा र मनबहादुर सलामीलाई सल्लाहकारमा चयन गरेको छ ।

    समितिमा सहकोषाध्यक्ष र पूर्ण सदस्यको एक स्थान रिक्त राखिएको छ ।

    घोषणासभा

    सम्मेलनको घोषणासभा नवीन बस्यालको सञ्चालन तथा दण्ड केसीको अध्यक्षतामा तेन्नोजीस्थित बासुरी इन्डियन नेपाली रेस्टुरेन्टको सभाकक्षमा सम्पन्न भएको थियो । उपस्थित सहभागीलाई स्वागत रेनु गुरुङले गर्नुभएको थियो ।

    नवनिर्वाचित समितिलाई एनआरएन जापान कान्साईका अध्यक्ष भीम काउचा, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, तुलसा खरेल र कर्णाली प्रदेश कान्साईका संयोजक झरेन्द्रकुमार कुँवर (अन्जान) ले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    सम्मेलनमा रक्तिमका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

     

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल
    नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.