• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • म्यान्माको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका मोहम्मद कैसर अझै कोक्स बजारको शिविरमै बसिरहेका छन् । त्यो रात मुसलधारे वर्षामा उनी आमा–बाबु र चार दाजुभाइसँग नाफ नदी पार गर्दै बङ्गलादेश प्रवेश गरेका थिए ।

    Advertisement

    आज २८ वर्षीय कैसर बालुखाली शिविरको साँघुरो झुपडीमा बस्छन् । “घर फर्कन सम्भव छैन, युद्ध जारी छ । यहाँ हरेक दिन नयाँ शरणार्थी आउँछन्‌”, उनले भने ।

    – बढ्दो संकट –

    बङ्गलादेशले संयुक्त राष्ट्रसंघसँग मिलेर रोहिङ्ग्या समस्यामा वार्ता थालेको छ । सेप्टेम्बर ३० मा न्युयोर्कमा हुने सम्मेलनअघि कोक्स बजारमा छलफल भइरहेको छ संयुक्त राष्ट्रसङ्घका अधिकारी निकोलस कौमजियानले भन्नुभयो, “रोहिङ्ग्या फर्कन चाहन्छन्, तर सुरक्षित भए मात्र सम्भव हुन्छ ।”

    तर राखाइन अहिले गृहयुद्धको केन्द्र बनेको छ । सन् २०२४ यता मात्र थप एक लाख ५० हजार रोहिङ्ग्या बङ्गलादेश पुगेका छन् ।

    – शिविरको अवस्था –

    कैसरले म्यान्मामा किराना पसल चलाउँथे, तर अहिले शिविरमा अस्तित्वका लागि सङ्घर्ष छ । गुटगत झडप, कमजोर सुरक्षा र हिंसाले बसाइ असुरक्षित बनाएको छ । “हामी बन्धकझैँ छौँ, बालबालिका सबैभन्दा बढी जोखिममा छन्‌”, उनले भने ।

    अमेरिकी सहयोग कटौतीपछि खाद्यान्न संकट चर्किएको छ । विश्व खाद्य कार्यक्रमका अनुसार राखाइनका आधाभन्दा बढी परिवारलाई आधारभूत खाना पुग्दैन । शिविरमा हरेक व्यक्तिले मासिक करिब १२ डलर बराबरको राशन पाउँछन् — १३ किलो चामल, एक लिटर तेल, थोरै प्याज, लसुन र नुन । कैसर भन्छन्, “यसले पेट त भरिन्छ तर पोषण हुँदैन । मेरो तीन वर्षको छोरोलाई दूध वा दाल दिन सक्दिनँ ।”

    – शिक्षा र भविष्य –

    शिक्षा अर्को चुनौती बनेको छ । “के मेरो छोरो पढेर जागिर पाउनेछ, वा जीवनभर शरणार्थी नै रहनेछ ?”, कैसर चिन्तित छन् । प्रारम्भमा गाउँलेहरूले मद्दत गरे पनि दीर्घकालीन भविष्य अन्धकारमय देखिन्छ ।

    यसैबीच, म्यान्मा जुन्तासँग नजिक रहेका केही समूहले रोहिङ्ग्याहरूलाई भर्ती गर्न खोजिरहेका छन् । “हरेक पक्षले हामीलाई प्यादाका रूपमा प्रयोग गर्छ”, कैसरको पीडा छ ।

    उनको सरल अपिल छ, “बङ्गलादेशले रोहिङ्ग्या बालबालिकालाई स्थानीय विद्यालयमा पढ्न दिनुपर्छ । कमसेकम उनीहरूको भविष्य हाम्रो जस्तो निराशाजनक नहोस् ।”

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.