• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लकडाउनको बेला यसरी मर्‍यो एउटा मनको चाह


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • गिरीप्रसाद बुढा

    Advertisement

    हिजोआज इन्टरनेट मानव जीवनको एउटा अभिन्न अङ्ग बनेको छ । यो खुशीको कुरा हो कि इन्टरनेट अब शहरबजारमा मात्रै होइन, गाउँगाउँमा पनि यसको विस्तार भइरहेको छ । इन्टरनेटको यति धेरै विस्तार भइरहेको भएता पनि समाजका बहुसङ्ख्यक जनता इन्टरनेटको पँहुचवाट निकै टाढा रहेका छन् । कैयौँ इन्टरनेट प्रयोगकर्ताहरू सुलभ र गुणस्तरीय इन्टरनेट सेवाको खोजीमा भौतारिँदै दिन बिताइरहेको अवस्था छ । यसरी इन्टरनेट सेवाको खोजीमा भौतारिँदै दिन बिताइरहनेमध्ये म पनि एक हुँ ।

    म जिल्लाका अरू स्थानभन्दा सम्पन्न भनिएको स्थानमा बसोबास गर्ने बासिन्दा हुँ अर्थात मेरो घर नगरपालिका र त्यसमा पनि जिल्ला सदरमुकामभित्र रहेको छ । यथार्थमा म गाउँको पुख्र्याैली सम्पत्ति बेचेर शहरमा बसाइँ सरेको मान्छे हुँ । यसरी गाउँबाट शहर सर्नुपर्दाको मेरो कथा बेग्लै छ । यस्तो सुविधासम्पन्न शहरको बासिन्दा भएर पनि इन्टरनेटको सुविधाबाट बञ्चित भएर पीडा खप्नुपरेका हजारौँ मानिसको प्रतिनिधि पीडा मेरो आफ्नै प्रत्यक्ष अनुभव मार्फत् अभिव्यक्त गर्न गइरहेको छु ।

    मेरो सात जनाको परिवार छ । दुई छोरी र एक छोरा स्कुल पढ्ने गर्दछन् । आमा बुढी हुनुहुन्छ । ९२ वर्षका वृद्ध मामा पनि हाम्रै संरक्षकत्वमा बाँचिरहनुभएको छ । केटाकेटीका आमाले एउटा सानो किराना पसल चलाउँदै आएकी छिन् । मैले बिए पास गरेको सर्टिफिकेट दराजमा थन्काएर राखेको छु अथवा म औपचारिक रूपमा बिए पास गरेको मान्छे भएता पनि जागिर खाने वा पैसा कमाउने कुनै पनि काममा लागिनँ । जीवनमा कम्युनिस्टको राजनीति समातेर कार्यकर्ता बनी पसिना बगाइरहेको छु । आफ्नो योग्यता र क्षमताले धानेअनुसार कला र साहित्यको सेवामा पनि रहर गरिरहेको छु । यस्तो काममा अगाडि बढ्नेका लागि इन्टरनेटको आवश्यकता झन् धेरै पर्दाे रहेछ । मेरा लागि यसको आवश्यकता दिन–प्रतिदिन झन् झन् बढ्दै गइरहेको छ । तर पनि म इन्टरनेटको सुविधाबाट वञ्चित छु ।

    हिजोआज कोरोना भाइरसको महामारीबाट बच्न देश लकडाउनको अवस्थामा गुज्रिरहेको छ । लकडाउनको कारण हाम्रो घरको सपरिवारलाई घरमा नै बसिरहनुपरेको छ । यो लकडाउनको समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा मैले सुरुमा नै सोचेको थिएँ । पुस्तक अध्ययन गर्ने र साहित्य सिर्जना गर्नेजस्ता कामबाहेक बजारको बसाइँमा मबाट अरू उपाय केही निस्केन । शायद गाउँको बसाइँ भए मेरा थुप्रै काम हुन सक्थे । यसरी घरमा अरू कामको कुनै मेलोमेसो नभएपछि घरका केटाकेटी लुडो खेलेर र टेलिभिजन हेरेर दिन बिताउने उपाय निकाल्न थाले । यो बेलामा घरमा इन्टरनेटको सुविधा भएको भए केटाकेटीले इन्टरनेटबाट ज्ञानविज्ञानका कुरा सिक्न सक्थे होला । यो समयमा त झन् इन्टरनेटबाटै विद्यार्थीलाई पढाउने, लेखाउने कार्य सुरु गर्न थालिएकाले छोराछोरीले घरमा इन्टरनेट राख्ने कुरा अगाडि सार्न थाले । उसो त इन्टरनेटको सेवा म आफैलाई पनि कम्ती आवश्यकता थिएन ।

    लकडाउनको कारण सिर्जित परिस्थितिको कारण यो समयमा मलाई पटक पटक आफू आबद्ध विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने भिडियो कन्फेरेन्समा जोडिइरहनुपरेको छ । आफ्ना साहित्य सिर्जना अरूतिर सेयर गर्न र अरूतिरका साहित्य सिर्जना आफूले प्राप्त गर्न, यसैगरी कैयौँ कुरा सिक्न/सिकाउनलाई पनि दैनिक रूपमा मलाई इन्टरनेटको आवश्यकता परिरहन्छ । आजसम्म यो आवश्यकता पूर्ति गर्न मैले अरू नै मानिसको घरमा शरण लिनुपरेको छ । बजारमा एकजना चिनेका आफन्तीले आफ्नो घरमा इन्टरनेट जोडेका छन् । प्रायः म त्यही घरमा गएर इन्टरनेटको सुविधा लिने गर्दछु । इन्टरनेट प्रयोगका लागि बारम्बार आफन्तीकहाँ गइरहनु पनि आफैलाई अप्ठ्यारो महशुस हुने गर्दछ । कैयौँ चोटी त आफन्तीको घरमा गएर पनि त्यत्तिकै फर्कनुपर्ने अवस्था सिर्जना हुने गर्दछ । कहिले नेटले राम्ररी काम नगर्ने, कहिले बिजुलीबत्ति जाने, कहिले घरबेटी नभेटिनेजस्ता तमाम समस्या मैले भोग्ने गरिरहेको छु ।

    घरमै इन्टरनेट भएमा यस्ता समस्या पनि भोग्नुनपर्ने र छोराछोरीका चाहना पनि पूरा हुने भएकाले घरमै इन्टरनेट जोड्ने इच्छा जाग्यो ममा । मैले मेरो यो इच्छा घरमा सुनाएँ । मैले घरमा इन्टरनेट जोड्ने कुरा निकालेपछि घरका केटाकेटी सबैभन्दा खुशी भए । यो खुशीलाई साकार रूप दिन सर्वप्रथम म जिल्लामा रहेको दूरसञ्चारको कार्यालयमा पुगेर त्यहाँका हाकिमसँग घरमा इन्टरनेट राख्ने विषयमा कुरा राखेँ । अहिले यो भेगतिर इन्टरनेट राख्नलाई दूरसञ्चारको कार्यालयबाट सम्भव नभएको जवाफ पाएपछि म निराश भएर घर फर्किएँ । बजारमा केही मानिसले सुबेसु, वल्र्डलिङ्कजस्ता इन्टरनेटको व्यापार गर्दा रहेछन् । दूरसञ्चार कार्यालयबाट निराश भएर फर्किनुपरेता पनि इन्टरनेट जोड्ने अरू सम्भावना भएकाले मैले ती सम्भावनाको खोजी गरेँ । धेरैतिर कुरा बुझ्ने प्रयास गरेँ ।

    यसरी कुरा बुझ्दा कतिपयले आफ्नो इन्टरनेट खालि सङ्घसंस्था र कार्यालयमा मात्र जोड्ने कार्यक्रम राखेका रहेछन् भने कुनैले व्यक्तिगत घरमा पनि जोड्ने रहेछन् । यसरी व्यक्तिगत घरमा पनि इन्टरनेट जडान गर्नेसँग मैले कुरा बुझ्न थालेँ । कुरा बुझ्दा थाहा भयो, यस्ता इन्टरनेट घरमा जोड्दा सुरुमा २१/२२ हजार लाग्ने र पछि मासिक रूपमा न्यूनतम एक हजारदेखि १८/१९ सय जति महशुल तिर्नुपर्ने हुँदो रहेछ ।

    मेरो पारिवारिक अवस्था मैले माथि नै उल्लेख गरिसकेको छु । यस्तो आर्थिक अवस्थामा गुज्रिरहेको घरपरिवारले यति महङ्गो इन्टरनेट सेवा उपभोग गर्न कसरी सम्भव हुन सक्छ ? केटाकेटीका आमाले चलाएको एउटा सानो किराना पसलबाट सात जनाको पेटमा साँझबिहान दानापानी भर्न अर्थात् दैनिक गुजारा तार्नलाई कठिन हुन्छ । अनि, केटाकेटीको सामान्य शिक्षाका लागि पारिवारिक अवस्था ऋणमा डुब्दै गइरहेको यस्तो कठिन परिवेशमा घरमा इन्टरनेट जोड्ने इच्छामा तुषारापात लाग्नु स्वाभाविक छ । पैसा भएपछि जे पनि हुने तर पैसा नभए केही पनि नहुने पुँजीवादको यो निर्मम चरित्रको अगाडि कैयौँ चोटि मैले रुँदै आफ्ना इच्छा मार्न विवश हुँदै आएको छु । केही दिनको प्रयासपछि घरमा इन्टरनेट जोड्ने इच्छा पनि मैले यसरी नै मार्न विवश भए । घरमा इन्टरनेट जोड्ने कुरा सुनेर उज्याला भएका केटाकेटीको अनुहार घरमा इन्टरनेट नजोडिने भएपछि क्षणभरमै अँध्यारा देखिए । घरमा इन्टरनेट जोड्ने मेरा इच्छा सँगसँगै छोराछोरीका निश्चल इच्छामा समेत तुषारापात हुँदाको अवस्थाले झन् मलाई नरमाइलो अनुभूति दिलायो ।

    कति सत्य हो थाहा छैन, सबैतिर इन्टरनेटको पँहुच पु-याउनलाई सरकारले ठाउँठाउँमा अप्टिकल फाइबर भन्ने चिज बिछ्याउँदै छ रे ! त्यो चिज हाम्रोतिर पनि बिछ्याउने योजना लिएको छ रे ! त्यो बिछ्यायो भने इन्टरनेट सेवा गुणस्तरीय र सर्वसुलभ हुन्छ रे ! मेरा केटाकेटीहरूले पनि यो हल्ला कतैबाट सुनेका रहेछन् । त्यसैले केटाकेटीले पनि हाम्रो घरको विवशतालाई बुझेर होला, उनीहरूले मलाई सम्झाए– “भैगो, घरमा अहिल्यै नेट नजोडौँ । हामीसँग घरमा पैसा पनि छैन । फेरि मासिक रूपमा यस्तो महङ्गो महशुल तिर्न हामीलाई गाह्रो पनि पर्ला । कोरोना महामारीबाट मुक्त भएपछि पक्कै सरकारले अप्टिकल फाइबर विस्तार गरिहाल्ला । त्यसैबेला जोडौँला घरमा नेट । यसरी घरमा इन्टरनेट जोड्नका लागि परिवारमा यही सल्लाह भयो ।

    वास्तवमा मेरो परिवारको यो समस्य न्यून आयस्रोत भएको अर्थात् बेरोजगार परिवार सबैको साझा समस्या हो भन्ने लाग्दछ । आज गरिबीमा बाँचिरहेका हजारौँलाखौँ गरिब तथा बेरोजगार मानिसका घरपरिवार यो भन्दा पनि दर्दनाक र कहालीलाग्दो अवस्थामा गुज्रिरहेको छ । उनीहरूको घरमा पैसा आउने ठाउँ एउटा छैन तर पैसा जाने ठाउँ अनेकौँ छन् । मेरै उदाहरण हेर्नुस त ! मेरो घरको पैसा आउने ठाउँ भनेको केटाकेटीको आमाले चलाइरहेको सानो किराना पसल मात्रै छ तर पैसा जाने ठाउँ हेरौँ त कति धेरै छन् ? खानेपानी कार्यालय, विद्युत कार्यालय, नगरपालिका, कर कार्यालय, केटाकेटीका स्कुल, ट्युसन सेन्टर, बैङ्कका किस्ता, अस्पताल, ग्याँस, दालचामल, तरकारी, फोनमा। शायद अनगिन्ती ठाउँ छन्, पैसा जाने । मेरो यो उदाहरण बहुसङ्ख्यक गरिब नेपालीको एउटा प्रतिनिधि उदाहरण हो । अधिकांश नेपालीको हालत यस्तै छ । देशमा केही मुट्ठीभर मानिस मात्रै होलान्, जसले आफ्ना आवश्यकताभन्दा बढी अतिरिक्त पैसा स्वदेश तथा विदेशका बैङ्कमा थुपारेर राखेका । तर हामीलाई यस्तो अतिरिक्त पैसाको कुनै लालचा छैन । हामीकहाँ आउने पैसा र हामीबाट जाने पैसा बराबर भए पुग्छ ।

    हाम्रो देशको समाजवादउन्मुख संविधानले शासकलाई यो बाटोमा हिँड्नलाई मार्गदर्शन गरोस् । पैसा नभएको कारण कोही मान्छे इन्टरनेटको सुविधाबाट बञ्चित हुन नपरोस । पैसा नभएकै कारण कसैले ज्यान गुमाउन नपरोस् । पैसा नभएकै कारण कोही विद्यार्थी उसले चाहेको शिक्षाबाट वञ्चित हुन नपरोस् । पैसा नभएकै कारण कसैलाई मर्नुपर्ने अवस्था नहोस् । पैसा भए जे पनि हुने तर पैसा नभए केही पनि नहुने घिनलाग्दो युगको अन्त होस् । यस्तो गर्न यो संविधानबाट सम्भव छ कि छैन ? यो सरकारबाट सम्भव छ कि छैन ? सबैले गहिराइबाट नै यसको उत्तर खोज्नु आवश्यक छ ।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.