• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • ढाका । बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी माग्न आग्रह गरेको छ ।

    Advertisement

    बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनले आइतबार ढाकामा भएको द्विपक्षीय बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारसँग यो विषय उठाउनुभएको थियो ।

    “सन् १९७१ मा पाकिस्तानले गरेको नरसंहारबारे औपचारिक र आधिकारिक माफी माग्नु, सम्पत्तिको विभाजन, सन् १९७० को चक्रवात पीडितका लागि विदेशी सहायता हस्तान्तरण, फसेका पाकिस्तानीहरूको स्वदेश फिर्ती जस्ता लामो समयदेखि बाँकी रहेका ऐतिहासिक विषयहरूलाई समाधान गर्नु बङ्गलादेश–पाकिस्तान सम्बन्धलाई स्थायी र अग्रगामी बनाउन आवश्यक ठोस आधार हो”, बैठकपछि जारी विज्ञप्तिमा बङ्गलादेशको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

    पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार आफ्‌ना बङ्गलादेशी समकक्षीको निमन्त्रणामा अगस्ट २३ देखि २४ सम्म बङ्गलादेशको दुई दिने आधिकारिक भ्रमणमा हुनुहुन्थ्यो । भ्रमणका क्रममा दिउँसो उहाँले बङ्गलादेशका प्रमुख सल्लाहकार मुहम्मद युनुससँग भेट गर्नुभएको थियो ।

    सो अवसरमा बङ्गलादेश र पाकिस्तानबीच एउटा द्विपक्षीय सम्झौता तथा पाँचवटा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरिएको छ । आइतबार दिउँसो ढाकामा भएको हस्ताक्षर समारोहमा बङ्गलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेन र पाकिस्तानका विदेशमन्त्री इशाक दार उपस्थित हुनुहुन्थ्यो ।

    सम्झौतामा दुवै देशका सरकारी र कूटनीतिक पासपोर्ट वाहकका लागि भिसा छुटको व्यवस्था गरिएको छ । साथै, दुवै देशबीच व्यापारसम्बन्धी संयुक्त कार्य समूहको गठन, सांस्कृतिक आदानप्रदान, विदेश सेवा एकेडेमीबीच सहकार्य, राज्य सञ्चालित समाचार एजेन्सीहरूबीच सहकार्य, बङ्गलादेश इन्स्टिच्युट अफ इन्टरनेसनल एन्ड स्ट्रेटेजिक स्टडिज र पाकिस्तान इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज इस्लामाबाद बीच सहकार्य गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

    यसअघि, पाकिस्तानका वाणिज्यमन्त्री जाम कमल खान र बङ्गलादेशका वाणिज्य सल्लाहकार एस.के. बशीर उद्दीनबीच बिहीबार ढाकामा आर्थिक सहयोग, आपसी लगानी प्रवद्र्धन तथा द्विपक्षीय व्यापार सम्बन्ध सुदृढीकरणबारे गहन छलफल भएको थियो ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.