• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उत्तर कोरियाद्वारा दुई नयाँ हवाई रक्षा मिसाइल परीक्षण


  •   आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
  • सियोल । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गर्नुभएको आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ ।

    Advertisement

    शनिबार गरिएको परीक्षणले दुई ‘सुधारिएको’ मिसाइल प्रणालीसँग ‘उत्कृष्ट युद्ध क्षमता’ रहेको देखाएको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ ।

    केसिएनएले नयाँ मिसाइलहरूको विस्तृत विवरण भने दिएको छैन । उसले केबल तिनीहरूको ‘अपरेसन र प्रतिक्रिया मोड अद्वितीय र विशेष प्रविधिमा आधारित छ’ भन्ने उल्लेख गरेको छ । परीक्षण कहाँ गरिएको थियो भन्ने कुरा पनि सार्वजनिक गरिएको छैन ।

    “दुई प्रकारका प्रोजेक्टाइलका प्राविधिक विशेषताहरू विभिन्न हवाई लक्ष्यहरू नष्ट गर्न निकै उपयुक्त छन् भन्ने कुरा गोलीबारीमार्फत स्पष्ट प्रमाणित भएको छ”, केसिएनएले भन्यो।

    केसिएनएले जारी गरेका तस्बिरहरूमा हवाई रक्षा मिसाइलहरू आकाशमा उडिरहेको र आइरहेको प्रक्षेप्यास्त्रलाई अवरोध गरेको दृश्य देखाइएको छ ।

    किमलाई आफ्‌नो डेस्कमा बसिरहेको, छेउमा राखिएको दूरबिन नजिकै, एक सैन्य अधिकारीबाट जानकारी लिइरहेको तस्वीरमा चित्रित गरिएको छ ।

    उत्तर कोरियाली नेताले प्रमुख पार्टी बैठकअघि रक्षा विज्ञान क्षेत्रमा एउटा ‘महत्वपूर्ण कार्य’ पूरा गर्न निर्देशन दिएको बताइएको छ ।

    दक्षिण कोरियाली सेनाले शनिबार दुई हप्ताअघि भएको घटनाबारे जनाउँदै सीमामा केही समयका लागि प्रवेश गरेका उत्तर कोरियाली सैनिकलाई चेतावनी स्वरूप गोली प्रहार गरेको जनाएको छ ।

    राष्ट्रसंघीय (युएन) कमान्डले मङ्गलबार सीमापार गर्ने उत्तर कोरियाली सैनिकको संख्या ३० रहेको जानकारी दिएको योन्हाप समाचार एजेन्सीले आइतबार जनाएको छ ।

    प्योङयाङको राज्य मिडियाले सेनाका लेफ्टिनेन्ट जनरल को जोङ चोललाई उद्धृत गर्दै उक्त घटना ‘पूर्वनियोजित र जानाजानी गरिएको उक्साहट’ भएको बताउनुभएको छ ।

    “यो निकै गम्भीर प्रस्तावना हो, जसले अनिवार्य रूपमा दक्षिणी सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिकहरूबीच टकरावलाई अनियन्त्रित चरणमा लैजान सक्छ”, कोले भन्नुभयो ।

    – युक्रेनको पाठ –

    विश्लेषकहरूका अनुसार प्योङयाङले ड्रोन र क्रुज मिसाइल प्रतिरोध गर्ने उद्देश्यले हवाई रक्षा मिसाइलहरूको विकासलाई गति दिइरहेको छ । केसिएनएको रिपोर्टमा विशेष गरी ‘ड्रोन र क्रुज मिसाइल’ उल्लेख गरिएको छ ।

    “उत्तर कोरियाले कम उचाइमा उड्ने ड्रोन र क्रुज मिसाइल विरुद्ध हवाई रक्षा क्षमतामा बलियो ध्यान दिइरहेको छ”, कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भन्नुभयो, “यस किसिमको हवाई रक्षा प्रणाली विकासले युक्रेनविरुद्धको युद्धमा रूसको अनुभवबाट प्योङयाङले सिकेका पाठहरूका आधारमा आफ्‌नो क्षमता विस्तार गर्ने आवश्यकतालाई मान्यता दिएको प्रमाणित गर्दछ ।”

    दक्षिण कोरियाली तथा पश्चिमी गुप्तचर निकायहरूका अनुसार उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिकलाई रुसमा विशेषगरी कुर्स्क क्षेत्रमा पठाएको थियो । कुर्स्कमा तिनीहरूले आर्टिलरी शेल, मिसाइल र लामो दूरीका रकेट प्रणाली उपलब्ध गराएका थिए ।

    सियोलका अनुसार रुसका लागि लडिरहेका करिब छ सय उत्तर कोरियाली सैनिक मारिएका छन् र हजारौँ घाइते भएका छन् ।

    दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले आणविक–सशस्त्र उत्तर कोरियासँग सम्बन्ध न्यानो बनाउन माग गर्नुभएको छ र ‘सैन्य विश्वास’ निर्माण गर्ने वाचा गर्नुभएको छ । तर प्योङयाङले भने सियोलसँगको सम्बन्ध सुधारमा कुनै चासो नराखेको बताएको छ ।

    आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.