काठमाडौँ । संयुक्त विद्यार्थी संगठन भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने सहमतिको विरोधमा उत्रिएको छ ।
Advertisement
विद्यार्थी सङ्गठनले २०८२ भदौ ७ गते लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।
लिपुलेकलाई व्यापारिक नाका बनाइ अतिक्रमण गर्ने भारत र चिनको हस्तक्षेपकारी षड्यन्त्रका विरुद्ध विरोधमा उत्रिएका विद्यार्थीहरूले ‘गो ब्याक इंडिया–चीन लेखिएका प्लेकार्ड र ब्यानरसहित’ विरोध प्रदर्शन गरेका छन् ।
त्यस्तै विद्यार्थीहरूले राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, नेपाली जनता र भूभागको रक्षा गरौँ, नेपाली भूमि अतिक्रमण गर्ने सहमति अबिलम्ब खारेज गर, गो व्याक इंडिया एण्ड चाइना जस्ता ल्पेकार्डहरू सहित नारा लगाएका थिए ।
