मिना हमाल, निलगिरी ##
Advertisement
सानो सानो काँकरीको बिरुवा,
नकाट्नु बाबाले अल्को हुने छ ।
पोहोर साल सबै मिलि नाचेको,
अहिलेको तिजमा झल्को हुने छ ।
सानो सानो काँकरीको बिरुवा,
नकाट्नु आमाले अल्को हुने छ ।
पोहोर साल सबले गित गाएको,
अहिलेको तिजमा झल्को हुने छ ।
सानो सानो काँकरीको बिरुवा,
नकाट्नु दाजुले अल्को हुने छ ।
पोहोर साल सङ्गी साथी भेटियो,
अहिलेको तिजमा झल्को हुने छ ।
सानो सानो काँकरीको बिरुवा,
नकाट्नु भाउजुले अल्को हुने छ ।
पोहोर साल माइती घर भएको,
अहिलेको तिजमा झल्को हुने छ ।

