• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘अहमतावाद’ सँग जोडिएका केही पक्ष


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • राजेन्द्र ढुङ्गाना ##

    Advertisement

    अहम्को अर्थ ‘म’ वा आफ्नोपन, एकतर्फी महत्त्वको दाबी, घमण्ड, शेखी, अहङ्कार यस्तै यस्तै हुन्छ । यस्तै थुप्रै अर्थ लाग्ने शब्द नेपाली शब्दभण्डारमा प्रयोगमा आएको पाइन्छ । त्यस्तै तत्त्वदर्शीले निश्चित गरेको कुरा वा मत, सिद्धान्त वा व्यवहारलाई ‘वाद’ भनिन्छ । अहम्वाद त्यस्तै शब्दको योग हो ।

    अवश्य पनि मानिस एक सामाजिक प्राणी हो । समाज जुन अवस्थामा छ, त्यसको प्रतिबिम्ब मानिसको सोचाइ, विचारमा पर्छ ।

    निम्नपुँजीवादी धरातलमा अवस्थित मानिस पुँजीवादी वा सर्वहारा विचार दुवैको चपेटामा रहेको हुन्छ । त्यसैले वर्तमान समाजको सामाजिक–आर्थिक धरातलबाट फुत्केर माथि उठ्न गाह्रो हुन्छ ।

    निम्नपुँजीवादी सोचाइको अर्को रूप अधिभूतवाद हो । अहम्वाद र व्यक्तिवादको घनिष्ठ सम्बन्ध मात्रै हैन पर्यायजस्तै हुन् ।

    पुँजीको प्रतिस्पर्धा पुँजीपतिमा मात्र होइन, निम्नपुँजीपति र अधिभूतवादी सोचाइ अपनाउनेमा पनि हुन्छ । त्यसैले पुँजीको प्रतिस्पर्धा थाल्न साधन, वस्तुव्यापारका साथै सङ्गठन र शक्तिआर्जन गर्दै जाने क्रममा जन्मिने सोचाइ हो । अहम्पन, घमण्ड, मपाइँत्व, अहङ्कार, अहम्वाद बुर्जुवा पुँजीपति वर्गमा मात्र देखा पर्ने नभएर क्रान्तिकारी तथा कम्युनिस्ट आन्दोलनमा पनि अक्सर देखा पर्ने प्रवृत्ति हो, जसले व्यक्तिविशेषलाई मात्र नभएर स्वयम् कम्युनिस्ट आन्दोलनलाई पनि पतनको दिशामा लैजाने गरेको प्रशस्त उदाहरण पाइन्छन् । यसले कम्युनिस्ट आन्दोलनलाई काफी मात्रामा नोक्सान पुऱ्याउने गरेको देखिन्छ ।

    अहम्वाद भनेको व्यक्तिलाई केन्द्रमा राखेर हेर्ने, बुझ्ने प्रवृत्ति हो । व्यक्तिवाद पुँजीपति र सर्वहारा सोचाइबिचको विचार हो । त्यो अवस्था असाध्यै ढुलमुले अवस्थासमेत भएकाले समग्र सङ्गठन, क्रान्तिकारी आन्दोलन र स्वयम् व्यक्तिलाई क्षति पुऱ्याउने गर्दछ ।

    निम्नपुँजीपति सोचाइँ र अहम्वाद एक सिक्काका दुई पाङ्ग्रा छन् । अहम् वा मपाइँत्वपन व्यक्ति घमण्डी छँदै प्रवृत्तिको रूपमा विकास हुँदै जान्छ ।

    यो सोचाइँ विशेषतः सत्ता र शक्ति वा शक्तिआर्जन गर्न सत्ताको उपयोग गर्दा जन्मिने प्रवृति हो । सुरुमा अध्ययन कम हुँदा यो सामान्य क्रममा देखा पर्दछ । क्रमशः शक्तिआर्जन गर्दै सत्ताको प्रयोग गर्दै जाँदा, अस्वस्थ प्रतिस्पर्धा गर्दै गर्दा सत्ताको प्रयोग गर्दा जन्मिने नजानिँदो मन्दविषजस्तै हो । जब शक्तिमा पुग्छ, व्यक्तिमा घमण्ड, मपाइँत्व अहङ्कार पलाउँदै जान्छ । त्यो महत्त्वाकाङ्क्षी प्रवृत्तिको विकास हुन जान्छ अनि उसलाई आफ्ना मातहतका सबै स्रोतसाधन र शक्ति आफ्नो वरिपरि घुमाउन चाहन्छ । उसमा त्यो वाताकुलित वातावरणमा शान्त आनन्द लिने सोचको विकास हुँदै जान्छ । हुँदा हुँदा ऊ यहाँसम्म पुग्छ कि म र मेराभन्दा अर्को संसारै छैन । अतः उसमा समाज, सङ्गठन, आन्दोलन, नेतृत्व, जनता केही होइन भन्ने मनोवृत्ति विकास हुँदै जान्छ अनि राजामहाराजले गर्ने प्रवृत्ति व्यक्त गर्नसमेत पछि पर्दैन । हो, ऊ कम्युनिस्ट कार्यकर्ताभन्दा पनि आफूलाई सुप्रिम सम्झेर वरिपरि रहेका स्रोतसाधन परिचालन गर्ने र आनन्द लिन चाहन्छ ।

    साँच्चै यस्तो प्रवृत्ति कुनै कम्युनिस्टको चरित्रभित्र पर्छ वा नैतिकताभित्र ? सामाजिक बनोट र सर्वहारावर्गीय दृष्टिकोण कमजोर भएका व्यक्तिमा यस खालको सोचाइँले घर जमाएको हुन्छ ।

    दर्शनशास्त्र, नीतिशास्त्र वा राजनीतिशास्त्र, जो कुनै कसैले अध्ययन र विश्लेषण गरेर त्यो सोचाइ आएको नभएर खालि व्यक्तिकेन्द्रित लाभ, प्रगति, मैमतासुरे, पदप्रतिष्ठाका लागि मह्रत्त्वाकाङ्क्षा पूरा गर्ने सोच नै अर्को अर्थमा अहम्वाद हो ।

    सम्पत्तिका लागि शक्ति र प्रेमजस्ता विषयले ठुला ठुला युद्ध, नरसंहार, हत्या, आत्महत्या, पारिवारिक विग्रह पनि जन्माउँछ । अहम्वादका कारण उग्र प्रकारका परिदृष्य देखा पर्दछ ।

    यस्ता प्रवृत्ति प्रायशः सबै क्षेत्रमा देखिने गर्छन् । बुर्जुवा र पुँजीपतिको हाफखाफ देखाउने, धुपौरो, चाटुका, आफूलाई परमेश्वर नै सम्झेर वरिपरि घुम्नेहरू खारेर खानु उनीहरूले धर्म सम्झन्छन् तर क्रान्तिकारी आन्दोलन र पार्टीजीवनमा पनि यो प्रवृत्ति देखिन जान्छ । अहम्पनले गर्दा पार्टीको कुनै जिम्मेवारी हेरफेर गर्दा चित्त दुखाउने, चाहेको पद प्राप्त नहुँदा खिन्न हुने, आफूले चाहेको लाभको पद वा पदीय जिम्मेवारी नपाउँदा निक्रिय बन्ने, लाभको पदमा रहँदा सक्रिय बन्ने, नहुँदा निक्रिय बन्ने, आफू मात्र योग्य छु भन्ने, आफूले चाहेजस्तो नभए असहयोग गर्ने, असन्तोष व्यक्त गर्ने, गुटजन्य गतिविधि गर्नसमेत पछि नपर्ने बनाउन सक्छ । यस्ता खालका अधैर्यता र अस्थिरता मपाइँत्वपनले गर्दा हुन्छ ।

    अधिभूतवादी दृष्टिकोणले प्रकृति र समाजलाई ठिक ढङ्गले बुझ्न दिँदैन । हरेक वस्तु र चिजलाई बुझ्न तथ्य र घटनालाई गहिरोसँग बुझ्न सक्नुपर्दछ । जहाँ हरेक चिजलाई द्वन्द्वात्मक तरिकाले बुझ्ने कोसिस गरिँदैन, हरेक चिजको गतिशीलतालाई बुझ्ने कोसिस गरिँदैन, पदार्थ वा चिजमा आउने गतिले अर्को नयाँको परिवर्तन वा जन्म गराउँछ भन्ने बुझ्न पनि सकिँदैन । त्यसैले शक्ति र सत्ता भोलि नहुन सक्छ । आज पर्याप्त नभएको शक्ति भोलि प्राप्त गर्न सकिन्छ ।

    हरेक पदार्थ वा वस्तुमा मरणशील र जिवनशील तत्त्वमाझको सङ्घर्ष जारी रहन्छ । परिवर्तनको नियम अर्थात् निषेधको निषेध नियमले नयाँ र उदीयमान चिज, पदार्थ, विचार वा समाजको जन्म गराउँछ भन्ने भौतिक पक्षको हेक्का सँगसँगै राख्नुपर्ने हुन्छ । मरणशील पक्षको अन्त र जीवनशील तत्त्वको उदय अवश्यम्भावी छ । सामन्तवादी सोचाइमा प्रगतिशील रुपान्तरण हुन्छ । निम्नपुँजीवादी विचार सर्वहारावादी बन्न जान्छ ।

    परस्पर विरोधी पक्षबिचको सङ्घर्षले नयाँ चिजको जन्म हुन्छ भन्ने दृष्टिकोणमा कमी भयो भने घमण्ड, महत्त्वाकाङ्क्षाको जन्म हुन्छ । त्यसले सङ्गठन र आन्दोलनलाई नोक्सान पुऱ्याउँछ । यो प्रवृत्तिले अन्ततः पतनको दिशामा पुऱ्याउँछ ।

    मार्क्सवादी–लेनिनवादी दृष्टिकोण त्यो हो, जसले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण अपनाउँछ र व्यवहारमा लागु गर्न कोसिस गर्छ । प्रकृति र समाजको सापेक्षित अध्ययन द्वन्द्वात्मक र गतिशीलताको सिद्धान्तले गर्दछ ।

    गैरमार्क्सवादी तथा अहम्वादी सोचाइले विश्वव्यापी रूपमा ठुल्ठुला युद्ध, हमला, नरसंहार, बमबार्ड र क्षति भएका घटना सयकडौँ छन् । साम्राज्यवादी युद्ध वा विश्वयुद्ध पनि त्यसकाले जगबाट जन्मिएका अर्थात् त्यस्तो मनोवृत्तिका उपज हुन् । पुँजीवादी सामन्ती तथा बुर्जुवा दृष्टिकोणले त्यो प्रवृत्तिलाई गलत मान्दैन बरु धर्म नै मान्दछ तर सर्वहारावर्गीय मार्क्सवादी दृष्टिकोणबाट हेर्दा क्रान्तिकारी उद्देश्य, चिन्तनबाट प्राप्त गरेको फल व्यक्तिगत क्यारियरिस्ट तथा महत्त्वाकाङ्क्षा नै हो । त्यो क्रान्तिकारी आन्दोलनभित्र घातक पक्ष मनोवृत्ति हो । त्यसलाई पूर्णतः मार्क्सवादी–लेनिनवादी विश्वदृष्टिकोण उच्च बनाउन प्रयत्न गर्नुपर्छ ।

    नेपाली राजनीतिक रङ्गमञ्चमा व्यक्तिगत महत्त्वाकाङक्षाले गर्दा कतिपय व्यक्तिहरू सुप्रिम बन्ने र शक्ति प्राप्त गर्ने कुत्सित मनोविज्ञानले गर्दा व्यक्ति आफू पतन भए भए, समग्र क्रान्तिकारी आन्दोलनलाई समेत काफी नोक्सान पुऱ्याएको घटना थुप्रै छन् । यसबाट क्रान्तिकारी आन्दोलनले लिनुपर्दछ ।

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.