नवलपरासी । अखिल नेपाल महिला संघ नवलपरासी (ब.सु.प.) जिल्ला संगठन समितिको आयोजनामा जिल्ला स्तरीय प्रशिक्षण तथा तिज मिलन कार्यक्रम भाद्र ५ गते सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना पौडेलले सम्बोधन गर्दै महिला जागरण नभइ समाज र राष्ट्रको परिवर्तन नहुने बताउनु भयो ।
कार्यक्रमलाई अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी, नेपाल कम्यूनिष्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता रेम राना, राष्ट्रिय जनमोर्चा नवलपरासी जिल्ला अध्यक्ष किसन बहादुर अधिकारीले प्रशिक्षण तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य मेघराज गौतम, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष क. जितबहादुर पौडेल समेतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित महिला दिदि बहिनिहरुले प्रगतिशील तिज गीत र नृत्य गरी चेतना मुलक मनोरञ्जन समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अखिल नेपाल महिला संघकी सिता अधिकारीको अध्यक्षता र जिल्ला सचिव मनरूपा रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।