• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

अमेरिकी न्यायाधीशद्वारा ट्रम्पको ‘एलिगेटर अल्काट्राज’ बन्द गर्न आदेश


  •   शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
  • मियामी । अमेरिकी सङ्घीय न्यायाधीशले बिहीबार ट्रम्प प्रशासन र फ्लोरिडा राज्य सरकारलाई ‘एलिगेटर अल्काट्राज’ भनिने हिरासत केन्द्रमा नयाँ आप्रवासीहरू ल्याउन प्रतिबन्ध लगाउँदै साइटका धेरै भाग भत्काउन आदेश दिएका छन् । यससँगै यो हिरासत केन्द्र प्रभावकारी रूपमा बन्द हुने भएको छ ।

    Advertisement

    फ्लोरिडा सरकारले भने तुरुन्तै यो निर्णयविरुद्ध अपिल गर्ने घोषणा गरेको छ ।

    फ्लोरिडाको एभरग्लेड्स सिमसार क्षेत्रमा रहेको एउटा परित्यक्त एयरफिल्डमा बङ्क बेड, तारको पिँजडा र ठूला सेतो पालहरू राखेर जम्मा आठ दिनमै हतारमा यो हिरासत केन्द्र तयार गरिएको थियो । यो ठाउँ एलिगेटरहरूको ठूलो सङ्ख्याका लागि पनि चिनिन्छ ।

    लाखौँ कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने वाचा गर्नुभएका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना यस केन्द्रको भ्रमण गर्दै कठोर अवस्थाको घमण्ड गर्नुभएको थियो र सरिसृप शिकारीहरूलाई गार्डका रूपमा प्रयोग गर्ने भनेर मजाक गर्नुभएको थियो ।

    ह्वाइट हाउसले यसलाई ‘एलिगेटर अल्काट्राज’ नाम दिएको थियो । यो नाम सान फ्रान्सिस्को खाडीमा रहेको पूर्व टापु जेल ‘अल्काट्राज’ सन्दर्भमा थियो । ट्रम्पले यस जेललाई पुनः खोल्ने चाहना प्रकट गर्नुभएको छ ।

    गृहमन्त्री क्रिस्टी नोएमका अनुसार यो केन्द्रमा तीन हजार आप्रवासीलाई राख्ने योजना बनाइएको थियो ।

    तर यो सुविधा वातावरणविद्हरू र आप्रवासन नीतिका आलोचकहरूको निशानामा आयो । उनीहरूले यसलाई अमानवीय भनेका छन् ।

    जिल्ला न्यायाधीश क्याथलिन विलियम्सले बिहीबार दिनुभएको यो फैसला वातावरणीय समूह ‘फ्रेन्ड्स अफ द एभरग्लेड्स’ र ‘सेन्टर फर बायोलोजिकल डाइभर्सिटी’ ले ट्रम्प प्रशासनविरुद्ध दायर गरेको मुद्दापछि आएको हो ।

    यी समूहहरूले हिरासत केन्द्रले संवेदनशील एभरग्लेड्स पारिस्थितिकी तन्त्रलाई खतरा पुर्‍याउने र कानूनी रूपमा अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन नगरी हतारमा निर्माण गरिएको दाबी गरेका छन् ।

    – ६० दिनको समयसीमा –
    यस महिनाको सुरुआतमै न्यायाधीश विलियम्सले केन्द्रमा थप निर्माण रोक्न अस्थायी आदेश दिनुभएको थियो ।

    अब उहाँले ट्रम्प प्रशासन र रिपब्लिकन गभर्नर रोन डिसान्टिसले नेतृत्व गर्नुभएको फ्लोरिडा राज्यलाई ६० दिनभित्र केन्द्रमा बनाइएका सबै अस्थायी तारबार, बत्ती, जेनेरेटर र फोहोर तथा ढल व्यवस्थापन प्रणाली हटाउन आदेश दिनुभएको छ ।

    आदेशमा भनिएको छ, ‘पहिले नै साइटमा राखिएका कैदीबाहेक कुनै पनि नयाँ व्यक्तिलाई त्यहाँ ल्याउन पाइने छैन ।’

    धेरै कैदीले एएफपीसँग कुरा गर्दै स्वास्थ्य उपचारको कमी, दुव्र्यवहार र कानूनी अधिकार उल्लङ्घनबारे गुनासो गरेका छन् ।

    पच्चीस वर्षीय क्युबाली लुइस गोन्जालेजले केन्द्रभित्रबाट फोन गरेर भन्नुभयो, ‘तिनीहरूले जनावरहरूमाथि पनि यस्तो व्यवहार गर्दैनन् । यो यातना जस्तै हो ।

    उहाँले करिब ३० जना मानिससँग एउटै कोठा बाँडेको बताउनुभयो । उक्त कोठालाई चेन–लिङ्क तारको बारले घेरेको छ । उहाँले यसलाई ‘कुखुराको घर’ सँग तुलना गर्नुभयो ।

    ट्रम्प प्रशासनले भने यो केन्द्रलाई देशभरका अन्य हिरासत सुविधाका लागि आदर्श बनाउन चाहेको बताएको छ ।

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.