• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुशासनको झुटा प्रमाण


  •   बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    नेपालमा “सुशासन” भन्ने शब्द आज विडम्बना बनेको छ । भ्रष्टाचार, करछली, तस्करी र मानव बेचबिखनमा संलग्न नै राष्ट्रका “अग्रज” वा “नेता” कहलाइएका छन् । यो केवल व्यक्तिगत अपराध होइन, यो संरचित अपराध–राजनीति गठबन्धन हो, जसको बोझ करोडौँ नेपाली जनताले बोकिरहेका छन् । यहाँ कसैलाई आग्रह पूर्वाग्रहबाट आरोपित गरिएको छैन । यसका केही प्रमाण यस प्रकारका छन् :
    केही प्रमुख अनियमितता

    १. नेपाल विद्युत् प्राधिकरणको २२ अर्बको बिल विवाद

    सरकारी संस्थाले ठुला गैरसरकारी संस्था, उद्योगबाट विद्युतीय बिल असुल्न नसकेको रिपोर्ट करिब २२ अर्ब रुपैयाँ । यसबाट राष्ट्रलाई हुने क्षति राष्ट्रिय बजेटको ठुलो हिस्सा पुनः ऋण वा करमार्फत पूर्ति गर्नुपर्ने बाध्यता ।

    २. एनसेल करछली (७२ अर्ब रुपैयाँ)
    २०७६ सालतिर मुद्दा उत्कर्षमा । एनसेलको स्वामित्व परिवर्तन हुँदा भुक्तानी गर्नुपर्ने क्यापिटल गेन ट्याक्स नउठाइनु । यत्रो ठुलो धन कसको स्वार्थमा छोडियो ? यसले राष्ट्रलाई कस्तो खाले सङ्कटमा पुर्यायो ?

    ३. नक्कली भुटानी शरणार्थी प्रकरण

    हजारौँ नेपाली नागरिकलाई “भुटानी” भनेर नक्कली कागजात बनाएर अमेरिका पठाउने धन्दा । यसमा सरकारको प्रमुख मन्त्रालय गृहमन्त्रीकै संलग्नता पूर्वमन्त्री, उच्चस्तरीय सरकारी कर्मचारी । यसको असर अन्तर्राष्ट्रिय स्तरमा नेपालको विश्वसनीयतामा ठुलो चोट ।

    ४. सुनतस्करी (६० किलो प्रकरण र अरू)

    त्रिभुवन विमानस्थल हुँदै ठुलो परिमाणको सुन नेपाल भित्र्याउने र वितरण गर्ने अपराध सञ्जालले चलाउँदै आएको अरबौँ मूल्यबराबर तस्करीको केन्द्र बनेको हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल । व्यवसायी, सीमासुरक्षा निकायका केही राजनीतिक नेतृत्व, सत्ताधारी, मन्त्री ।

    ५. वाइडबडी जहाज खरिद घोटाला

    नेपाल वायुसेवा निगमद्वारा वाइडबडी खरिदमा मूल्य फुलाइएको करिब चार अर्ब रुपैयाँबराबरको अनियमितता । यसको नेपालमाथि पर्ने असर । राष्ट्रिय विमानसेवा अझ घाटामा धकेलियो ।

    ६. मेलम्ची खानेपानी योजना भ्रष्टाचार

    करिब ३१ वर्ष लगाएर निर्माण गरिएको र आज पनि यो योजना जीवित रहने कि नरहने भन्ने दोसाँधमा रहेको योजना हो, मेलम्ची खानेपानी आयोजना । वर्षदेखि निर्माणमै अड्किएको मेलम्ची परियोजनाभित्रका ठेक्का–कमिसन घोटाला । यसको असर काठमाडौँ उपत्यका अझै दीर्घकालीन खानेपानी सङ्कटमै ।

    ७ सहकारी ठगी प्रकरण

    विभिन्न सहकारी संस्थाबाट अरबौँ रुपैयाँ ठगी, ठुला नेता र उनीनजिकका व्यक्तिको नाम मुछिएको भ्रष्टाचार हो । यसको असर लाखौं बचतकर्ता प्रभावित ।

    ८. अन्य चर्चित घोटाला

    लाउडा विमान काण्ड, सुडान शान्ति मिसन घोटाला, रक्तचन्दन तस्करी, कैलाली जग्गा घोटाला, राष्ट्रिय परिचयपत्र खरिद अनियमितता ।

    ९. जनतामाथिको प्रत्यक्ष यी र यस्ता भ्रष्टाचारबाट परेका असर

    १. सार्वजनिक सम्पत्ति नोक्सान, विकासको बजेट कटौती
    २. महँगी वृद्धि, सामान्य जनताको जीवनस्तर खस्कनु
    ३. बेरोजगारी, युवा विदेश पलायन, कानुनी विश्वासको क्षय, न्यायप्रणालीप्रति अविश्वास

    १०. राजनीति, अपराध र नीतिगत भ्रष्टाचार

    १. उच्चस्तरीय संरक्षण, अपराधमा संलग्नलाई दलभित्रै सुरक्षा
    २. आर्थिक लाभको पुनर्वितरण, कमिसनको रकम राजनीतिक अभियान र व्यक्तिगत विलास
    ३. जनताको विभाजन, जात, भाषा, धर्म र पार्टीगत नारा प्रयोग गरेर आक्रोश कमजोर पार्ने

    ११. सम्भावित समाधान
    कानुनी सुधार : अपराधमा संलग्नलाई चुनाव लड्न निषेध
    नागरिक दबाब : सडक र डिजिटल आन्दोलनको संयोजन
    संसाधनको पुनः राष्ट्रियकरण : ऊर्जा, दुरसञ्चार, खानेपानीजस्ता क्षेत्रमा
    पारदर्शिता अनिवार्य : सरकारी ठेक्का र बजेट सार्वजनिक डेटाबेसमार्फत

    यी सामान्य पुँजीवादभित्र गर्न सकिने काम हुन तर समग्र राष्ट्रको राज्य संरचनाको आमूल परिवर्तनबिना सम्पूर्ण जनताको जीवनमा परिवर्तन हुन सक्ने छैन ।

    बिहिबार, भदौ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.