काठमाडौं । अमेरिकाको एक संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई नेपाल र मध्य अमेरिकाबाट आएका ६० हजार आप्रवासीको अस्थायी सुरक्षा स्थिति (टीपीएस) समाप्त भएको छ । यससँगै आप्रवासीको अस्थायी सुरक्षाको विषयमा अमेरिकालाई ठूलो राहत पुगेको छ ।
अमेरिकाको सान फ्रान्सिस्कोस्थित नवौँ सर्किट अपिल अदालतले आप्रवासीलाई घर पठाउन बाटो खोलिदिएको हो । यो कार्यमा यसअघि तल्लो अदालतले रोक लगाएको थियो । तल्लो अदालतले यी आप्रवासीलाई टीपीएस जारी राख्ने आदेश दिएको थियो ।
नवौँ सर्किट अपिल अदालतको फैसलापछि ट्रम्प प्रशासनलाई मध्य अमेरिका र नेपालका हजारौँ आप्रवासीको अस्थायी सुरक्षा स्थिति समाप्त गर्ने बाटो खुला भएको छ ।
यसमा नेपालका लगभग सात हजार मानिस समावेश छन् । उनीहरूको अस्थायी सुरक्षा स्थिति (टीपीएस) यही अगस्ट ५ मा सकिएको थियो । यस्तै, होन्डुरसका ५२ हजार र निकारागुआका चार हजार आप्रवासीको यो स्थिति आउँदो सेप्टेम्बर ८ मा सकिँदै छ ।
ट्रम्प प्रशासनले लामो समयदेखि यो अस्थायी सुरक्षा स्थिति समाप्त गर्न खोजिरहेको छ । ट्रम्प सरकारका अनुसार, अस्थायी सुरक्षा स्थितिको उद्देश्य कहिल्यै आप्रवासीलाई स्थायी बसोबास वा शरणको विकल्प दिनु थिएन । तर, विगतका सरकारले यसलाई त्यस्तै रूपमा प्रयोग गरे ।