कावासोती । नवलपुरमा अखिल नेपाल नेपाल महिला सङ्घको तिजी कार्यक्रमसँगै महिला भेला सम्पन्न भएको छ ।
अध्यक्ष मीना पुनको प्रमुख आतिथ्यमा २०८२ भदौ ४ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि पुनले उद्घाटन गर्नुभएको सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दीपक पाण्डे, भागिरथ भट्टराई र अर्का केन्द्रीय नेता कृष्ण अधिकारीको आतिथ्य रहेको थियो ।
भेलामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सचिव प्रेम सापकोटा, तराई मधेस जनवादी मोर्चाका केन्द्रीय सदस्य रूपनारायण महत्तो, अखिल (छैठौं) की केन्द्रीय सदस्य वर्षा पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य भक्तबहादुर उचै, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार तथा जिल्ला अध्यक्ष गोबिन्द अम्बै, नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा, राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महतरा र मूल प्रवाहकी नेता सीता सापकोटाको समेत आतिथ्य रहेको थियो ।

भेलाको सञ्चालन लक्ष्मी विकले र अध्यक्षता विष्णु पाण्डेले गर्नुभएको थियो ।
अध्यक्षमा पाण्डे
भेलाले विष्णु पाण्डे अध्यक्ष रहनुभएको १३ सदस्यीय महिला सङ्घको नवलपुर जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा, सचिवमा सीता सापकोटा, सहसचिव विष्णु पौडेल र कोषाध्यक्षमा सरिता सापकोटा चयन हुनुभएको छ ।
त्यस्तै सदस्यमा दुर्गा लामिछाने, मधु राहुमगर, शान्ति गिरी, बुद्धिमाया नेपाली, गोपीकुमारी पोख्रेल, टिकाकुमारी गिरी, प्रतिज्ञा पौडेल र शारदा सापकोटा रहनुभएको छ ।
