• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बुद्धको देशबाट जलवायु न्यायका लागि साझा सन्देश लैजानुपर्छः घिमिरे


  •   मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रका देशहरुलाई गौतमबुद्धको देशबाट शान्तिसँगै जलवायु न्यायका लागि साझा सन्देश लैजान आग्रह गर्नुभएको छ ।

    Advertisement

    सङ्घीय संसद्को आयोजनामा काठमाडौँमा जारी हिन्दूकुश हिमालय पार्लियामेन्टरियन मिटको ‘हाई लेभल पार्लियामेन्टरी राउन्ड टेबल’ सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले गौतमबुद्धको देशबाट शान्तिको मात्रै होइन जलवायु परिर्वतनका असरका विरुद्ध साझा प्रयास र जलवायु न्यायको पक्षमा साझा सन्देश लैजान आग्रह गर्नुभयो । हिन्दूकुश हिमालय क्षेत्रका मुलुकहरुमा वायु प्रदूषण, जैविक विविधताको ह्रास, जलवायु परिवर्तनवाट सृजित संकट जस्ता विषय साझा चुनौतीका रुपमा देखापरेको चर्चा गर्दै उहाँले भूगोलमा ठूलो वा सानो भए पनि समस्या सबैको साझा भएको हुँदा एकीकृत कानुन बनाएर जानुपर्छ भन्नुभयो ।

    “स्वच्छ हावामा सास लिन पाउने नागरिकको नैसर्गिक अधिकार, हिन्दूकुश हिमालय क्षेत्रमा विद्यमान जैविक विविधताको उचित संरक्षण र व्यवस्थापन गरेर त्यसबाट समुदायले लाभांश प्राप्त गर्ने सम्भावना तथा प्रकृति र समाजको जलवायु उत्थानशीलतामा अभिवृद्धि गर्न यस क्षेत्रका सांसद तथा सरकार मिलेर साझा ‘एजेन्डा’मा कार्य गर्न आवश्यक छ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो, “यसका लागि हिन्दूकुश हिमालयका सांसदले नियमित रुपमा संवाद र सहकार्य गर्न एउटा क्षेत्रीय फोरमको स्थापना गर्न आवश्यक छ ।”

    उपाध्यक्ष घिमिरेले भविष्यमा यस्तो फोरमबाट हिन्दूकुश हिमालयका सांसदहरुले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण र वायु प्रदूषणसँग सम्बन्धित अनुभव तथा विशिष्ट अभ्यास आदानप्रदान गरी संसद् सदस्यहरूको भूमिकालाई अझ सुदृढ गर्न तथा क्षेत्रीयस्तरमा नै प्रभावकारी नीति तथा कानुन तर्जुमा गर्न सकिने धारणा राख्नुभयो । आगामी दिनमा हिमालयदेखि महासागरसम्म सबैका लागि स्वच्छ हावामा सास फेर्न पाउने वातावरण निर्माण गर्ने, यस क्षेत्रको जैविक विविधताको संरक्षण गर्ने र जलवायु परिवर्तनबाट पर्ने असरलाई सम्बोधन गर्न हिन्दूकुश हिमालय क्षेत्रका मुलुकहरुले महत्वकांक्षी कदम चाल्नुपर्ने विषयमा पनि उहाँले जोड दिनुभयो ।

    उक्त सत्रमा नेपालको संघीय संसद्का तर्फबाट प्रतिनिधिसभा सदस्यद्वय योगेश गौचन र सोविता गौतम तथा भारत, पाकिस्तान, बङ्गलादेश, म्यान्मार र भूटानको संसदका सदस्यहरुले पनि आफ्‌ना धारणा राख्नुभएको थियो ।

    मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.