• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका


  •   आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
  • रोशन अनुराग

    Advertisement

    युवा शब्द सुन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा जोशजाँगर र उमङ्गले भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार र परिवर्तन भएका छन्, ती सबै युवाको सक्रिय सहभागिता र पहलकदमीमा मात्र सम्भव भएका छन् । यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक हुन् । यसै सन्दर्भलाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङजस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ । तर आज अधिकांश युवामा यो ऐतिहासिक जिम्मेवारी र कर्तव्यबोध भएको पाइँदैन । उपभोक्तावादी संस्कारले गिजोलिरहेका बेला अध्ययनमा अरूचिका कारण युवाहरू झन् गैरजिम्मेवार र दिशाविहीन बनिरहेका छन् । बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरूको आफ्नै भविष्य अन्धकारतिर यात्रारत छ । समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धेकेलिनु हो । तथापि आज देशमा शिक्षित युवा नभएका पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सीमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ मात्र बनिरहेका छन् । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हुन् ।

    हाम्रो देशको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन्, जसका कारण सत्यको पैरवी गरेर भन्दा नेताको चाकडी गरेर आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि आफ्नो स्वाभिमानको समेत बलि चढाउन तयार छन्, जसको पछिल्लो ताजा उदाहरण सत्तारूढ नेकपाका युवा नेता भनिने महेश बस्नेतलाई पनि लिन सकिन्छ ।

    ‘केपी ओलीका लागि म धरहराबाट पनि हाम फाल्न तयार छु’ भन्ने उसको अभिव्यक्ति सामाजिक सञ्जालमा खुब भाइरल भएको थियो । यो आफ्नो पार्टीभित्र अनेक काण्डैकाण्ड र पदको लडाइँबारे मौन रहेर कुनै नेताविषेशको स्वार्थका लागि आफ्नो ज्यान कुर्बानी गर्ने कुरा विशुद्ध नेताको चाकडी शिवाय अरू केही होइन । किनभने महेश बस्नेतहरूले अहिलेसम्म जेजति सफलता प्राप्त गरेका छन् र अबको राजनीतिक भविष्य पनि यही चाकडी र चाप्लुसीमै बढी सुरक्षित र सम्भावित देख्छन् । किनकि, अहिले नेपालको राजनीतिमा योग्यता, क्षमता, त्याग, तपस्या र बलिदानीको कुनै गुञ्जाइस छैन । त्यसैले ओमनी गु्रपलगायतका संरक्षक तथा जनताबाट ‘करप्रसाद’ उपनाम पाएका केपी ओली कसैलाई प्रिय लाग्छ । जनयुद्धको नाममा १७ हजार गरिबका छोराछोरीलाई आफ्नो ज्यानको उत्सर्ग गर्न लगाएर आफू मोजमस्ती र सबैभन्दा विलासी जीवन बिताउने प्रचण्ड कसैलाई प्राणभन्दा प्यारो लाग्छ । राजनीतिमा इमान र नैतिकतालाई तिलाञ्जली दिएका शेरबहादुर देउवामा अझै पनि केही युवाको साथ र समर्थन लिएर भावी पार्टी सभापति र प्रधानमन्त्री बन्ने भोक उस्तै जीवित नै देखिन्छ । अझ पञ्चायतका मतियार कमल थापा आज गणतन्त्र नेपालमा पनि केही युवाहरूको प्राणपखेरु नै बनिरहेका छन् ।
    यी सबै एउटा सचेतन आँखाबाट हेर्दा अस्वाभाविक लाग्ने दृश्य अस्पष्ट वैचारिक धरातलको जगमा निर्माण भएका हुन् र आलोचनात्मक चेतको अभावका परिणाम हुन् । त्यसैले अब समाज रूपान्तरण गर्ने अभिभारा बोकेका युवाशक्ति आफ्नो स्वमूल्याङ्कन र सिंहावलोकन गर्न एकदम टड्कारो देखिन्छ । कामकर्तव्य एकातिर, व्यवहार कुम्लो बोकी ठिमीतिर त भइरहेको छैन भनेर आफ्नै मनलाई प्रश्न गर्ने बेला आएको छ । यो प्रश्नको उत्तर मात्र खोज्ने साहस युवाले गर्ने हो भने त्यस प्रश्नबाट प्राप्त उत्तरमा युवाको स्वयम् आफ्नो जीवन र समाजको स्पष्ट चित्र देख्ने छन् र त्यस चित्रमा आफ्नो स्थान कहाँ छ भनेर अवश्य खोज्ने छन् ।

    आफ्नो स्थानको खोजी गर्नु भनेको आफ्नो हैसियत थाहा पाउनु हो र आफ्नो हैसियत पत्ता लगाउनु भनेको आफ्नो वास्तविक स्थिति जान्नु हो । आफ्नो वास्तविक शक्ति र सामथ्र्य थाहा नभएकै कारण आज युवाको एउटा विशाल पङ्क्ति कथित ठुला राजनीतिक दलको ‘एसमेन’ र विभिन्न झुण्ड, स्वार्थी समूहको गोटी मात्र बनिरहेका छन्, जसका कारण आफ्नो व्यक्तिगत जीवन मात्र होइन, समग्र समाजको मुहार नै परिवर्तन गर्न सामथ्र्य राख्ने युवाशक्तिले आज राजनीतिप्रति व्यापक वितृष्णा र समाजप्रति चरम निराशा व्यक्त गरिरहेका छन् ।

    निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ, तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ । आफ्नो नागरिकप्रतिको राज्यको यो हदसम्मको अनुदारता र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारी नीति, नियम र गैरजिम्मेवार राज्यव्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ र त्यसका विरुद्ध र विकल्पमा समतामूलक नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ । आज विरुवाको रूपमा देखिएको यो नवीन चेतना नै भोलि तराईको फाँटदेखि पहाडको कुनाकन्दरा हुँदै हिमालको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको अहिलेको हाम्रो सामाजिक संरचनालाई नष्ट गरेर ढिलोचाँडो नयाँ सामाजिक संरचनाको स्थापना गर्ने छन्, जहाँ कसैले पनि विभिन्न जातपात, धनीगरिब र धर्मको आधारमा विभेदको महशुससम्म गर्न पाउँने छैनन् ।

    त्यसैले आज समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णीम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय ब्यतित गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्क्तिले अब सोच्नैपर्छ, केही त गर्नैपर्छ । किनकि युवाहरूको भाग्यको बिधाता युवाहरू स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै सत्य, न्याय र समानतामा आधारित समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुँदैन ।

    आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.