• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘स्वदेशमा नै केही गर्छु’ भन्ने युवाहरूलाई प्रोत्साहनको खाँचो


  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
  • गण्डकी । “मलाई जागिरकै खोजीका लागि विदेश जान मन छैन यहीँ केही गर्ने इच्छा छ”, स्याङ्जाको आँधिखोला गाउँपालिका–५ का युवा मीनबहादुर नेपालीले भने ।

    Advertisement

    विदेश नजाने इच्छा कै कारण आफ्‌नो खेतबारी नहुँदा पनि अर्काको खेत कमाएर नेपालीले यसै वर्ष ५६ मुरी धान र ३५० भारी पराल उब्जाउन गरेको सुखद् अनुुभव सुनाउनुभयो ।

    आँधिखोला गाउँपालिकाको समन्वयमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा नेपाली सहितका स्थानीयवासीले भइरहेका विकास, बढ्दो विदेश पलायनसँगै विकास निर्माणमा प्रदेशसभाको भूमिकालगायतका विषयमा आ–आफ्‌ना भनाइ राखेका थिए । आफ्‌नो घर भए पनि गरिखाने खेत नभएको दुःखेसो व्यक्त गर्दै नेपालीले आँफूजस्ता स्वदेशमा नै केही गर्छु भन्ने युवाहरूलाई प्रोत्साहनसँगै सहयोग आवश्यक भएको बताए ।

    खेतीबालीसँगै व्यवसायिक रूपमा भैँसीपालन गर्ने आफ्‌नो इच्छा रहेको र स्वदेशमा नै केही गर्नुुपर्छ भन्ने आफ्‌नो सोच रहेको उनको भनाइ छ । सोही वडाकै अर्का युवा बेदलाल सुनारले आफ्‌नै देशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ विदेश नजाने गरी आँफूू फर्केको बताए । देशमा बाहिरबाट हेर्दा जस्तो नकारात्मक पन यहाँ नपाएको बताउँदै उहाँले पछिल्ला समयमा विकासले पनि गति लिएको उल्लेख गरे । “यहाँको नागडाँडादेखि कार्कीनेटासम्मको बाटो हामी बच्चा हुँदै खनेको हो”, उनले भने, “लगभग ३० वर्षको अन्तरालमा यहाँको बाटो राम्रो भएको छ, यस ठाउँको मुहार फेरिएको छ ।”

    संघीय व्यवस्थासँगै स्थापित प्रदेशको पालिकासँगको समन्वयबारे आँफू त्यति जानकार नभएको बताउँदै उहाँले नागरिकको पहुँचमा प्रदेश पुुग्नुु अपरिहार्य भएकोमा जोड दिए । पौरखीसँग सिप रहेपनि जमिन नरहेको तर जमिन हुनेको जाँगर नदेखिएको समाजिक वास्तविकता सुनाउँदै उनले आँफू आगामी दिनमा माछापालन गर्ने सोचमा रहेको बताए ।

    त्यस्तै अर्का युवा विज्ञान नेपाली विगत १६ वर्ष यता यहीँ नै केही गर्नुुपर्छ भन्ने भावनासहित निरन्तर लागिरहेको बताए । आफ्‌नो व्यवसाय सञ्चालनका क्रममा स्थानीय तहका तर्फबाट राम्रो सहयोग पाएको उहाँको अनुुभव छ । “रोजगारीकै लागि गाउँबाट शहर र शहरबाट विदेश पस्नुपर्ने अवस्था मैले देख्दिन । यही नै बसेर धेरै गर्न सकिन्छ”, उनले भने ।

    आँधिखोला गाउँपालिका–२ का ओमप्रकाश सापकोटा विकास निर्माणका काममा गाउँपालिका प्रति आँफूको गुनासो नभए पनि प्रदेशको नामबाट आएका योजनाको अनुुगमन नभएको बताए । प्रदेशका सञ्चालन भएका योजनाको सामाजिक परीक्षण आवश्यक भएको उनको भनाइ छ ।

    गाउँठाउँमा पछिल्ला समयमा धेरै विकास भएको बताउने आधिखोला गाउँपालिका–५ की धनमाया विक पछिल्ला समयमा बाटोघाटोसँगै खानेपानीलगायतका समस्या समाधान भएको बताए । जातीय छुवाछुतको प्रभाव कायमै रहेको बताउँदै उनले अन्तरजातीय विवाह गरेकै कारण समाजबाट भन्दा पनि आफन्तीबाट विभिन्न किसिमका उत्पीडन भोग्नुुपर्ने अवस्था रहेको बताए ।

    अर्का युवा प्रेमबहादुर नेपाली घरघरमा बाटोघाटो लगायतका आवश्यक सेवा सुविधा पुुगिसकेका अवस्थामा यही नै केही गर्नुुपर्छ भन्ने भावना जागृत हुनुु अपरिहार्य भएको बताए । कार्यक्रममा गण्डकी प्रदेश राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुुरुङले स्वदेशमा नै केही गर्छुु भन्ने युवालाई राज्यको प्रोत्साहन आवश्यक भएको बताए ।

    देशमा वार्षिक बजेटभन्दा ऋण बढी हुनुु चिन्ताजनक भएको उनको भनाइ छ । प्रदेशको आफ्‌नै साधनस्रोत पनि नरहेको अवस्थासँगै यसका सम्बन्धमा भनाइ र व्यवहारमा समानता नदेखिनुुलगायतका कारण राप्रपाले वर्तमान संविधानमा आलोचनात्मक समर्थन गर्दै प्रदेश आवश्यक छैन भन्ने विषयलाई उठाउँदै आएको उहाँले बताए ।

    गण्डकी प्रदेशका सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले संघीयताको जग प्रदेश भएको जिकिर गर्नुुभयो । प्रदेश संरचनालाई प्रभावकारी बनाउनका लागि प्रणालीलाई बलियो बनाउनुु आवश्यक भएको बताउँदै उहाँले पछिल्ला समयमा प्रदेशका प्रति विभिन्न किसिमबाट नकारात्मक टिप्पणी भइरहेको बताए ।

    कार्यक्रममा आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेल, उपाध्यक्ष सीता थापा, वडा अध्यक्ष कमलप्रसाद पौडेल, कृष्णप्रसाद पनेरु, नविन ढकाल, कमलकाजी अधिकारीलगायतले राज्यका तीनवटै तहबीचको सहकार्य र समन्वयबाट मात्रै भएगरेका कामको प्रभावकारिता अभिबृद्धि हुने धारणा राखे ।

    शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.