मनिराम खनाल ##
Advertisement
अन्धविश्वास रूढिवादले छ नि जरा गाडेको
त्यसैकारण हाम्रो देश पछि परेको
धर्म भनी विश्वास गर्छौं नभएको कुरालाई
त्यसैले त पछि पाऱ्यो हाम्रो समाजलाई
दुःखसङ्कट पऱ्यो भने भन्छौँ भाग्य लेखेको
भाग्य लेख्ने कलम काँ छ कसले देखेको
आफू दुध नपिएर पेटमा रोग बढाउँछौँ
ढुङ्गामाथि लगेर दुध खन्याउँछौँ
स्वर्गनर्क कल्पनामा शोषकले रचेको
अन्धविश्वास भन्ने त्यही हो छैन देखेको
विनाप्रमाण नदेखेको किन विश्वास पर्नी
सचेत नागरिकले अब तर्क गर्नी
ढुङ्गालाई आकार दिन्छ कलाकारले मूर्तिको
माग राख्छौँ मूर्तिसित सुखी जीवनको
खान नपाई गरिबदुःखी कुपोषणमा बाध्य छन्
ढुङ्गामाथि लगेर लड्डु राख्या छन्
संसारमा विकास भएको होइन ढुङ्गा पुजेर
विज्ञानको प्रयोग गरी श्रम गरेर
काम गरौँ प्रयोग गरी विज्ञान र प्रविधि
बल्ल सुखी हुन्छौँ हामी देश समृद्धि