सिन्धुपाल्चोक । गोलन्जोर गाउँपालिकामा फर्जी विद्यार्थी खडा गरेर दिवा खाजा तथा विद्यार्थी भत्ता लिइएको तथ्य बाहिर आएको छ ।
Advertisement
गोलन्जोरका सामुदायिक विद्यालयहरूले ठूलो संख्यामा फर्जी विद्यार्थी देखाएर दलित, छात्रा, सिमान्तकृत समुदायका विद्यार्थीका साथै कक्षा ५ सम्मको खाजा खर्च र सुविधा लिएर दुरुपयोग गरेको भेटिएको हो।
गोलन्जोर–५ का जगतबहादुर बस्नेतले गाउँपालिकाबाट सूचना मागी सूची प्रमाणित गराउँदा यस्तो तथ्य फेला परेको हो ।
दिवा खाजाको रकम र भत्ता बुझिरहेका कतिपय विद्यार्थी ३ वर्षदेखि सिन्धुलीमाढीमा पढिरहेका छन् भने केही विद्यार्थी अन्य ठाउँका निजी विद्यालयमा अध्ययनरत छन् । यसबारे पालिकाले छानबिन गर्नुपर्ने देखिएको छ ।
