नवलपरासी । नवलपरासीमा राष्ट्रिय जनमोर्चाले भ्रष्टाचार विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
राजमो नवलपरासीको आयोजनामा २०८२ साउन २९ गते बिहीबारका दिन बर्दघाट नगरपालिका वडा नं. ४ ‘बाढि पीडित’मा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मसाल) नवलपरासी जिल्ला प्रवक्ता रेम राना र राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा बर्दघाट नगरपालिका वडा नं. ५ का वडा सदस्य शोभाकान्त लामिछानेले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
