वीरेन्द्रनगर । सुर्खेतमा राष्ट्रिय जनमोर्चाको आयोजनामा भ्रष्टाचार विरुद्ध ऱ्यालीसहित सभा सम्पन्न भएको छ ।
केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८२ साउन २९ गते बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सभाअघि राजमो पार्टी कार्यालयबाट जुलुस सुरु भएको थियो । मङ्गलगढीचोक, नेताचोक हुँदै सो जुलुस वीरेन्द्रनगर पिपलचौतारीमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई प्रमुख अथिति शर्मा, राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, राजमो कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर शाही, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हीरालाल नेपाली, नेपाल कम्युनिस्ट पार्टी (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापामगर, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका हरिश शाहीलगायतले सम्बोधन गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले भ्रष्टाचार देशकै गम्भीर समस्या भएकाले त्यसका विरुद्ध देशव्यापी सङ्घर्ष आवश्यक रहेको बताउनुभयो ।
उहाँहरूले जनताको चेतनास्तर उठाएर मात्रै भ्रष्टाचार निर्मूल पार्न सकिने निष्कर्षका साथ राष्ट्रिय जनमोर्चाले यो अभियान चलाएको दाबीसमेत गर्नुभयो ।
राजमो जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदीको अध्यक्षता, जिल्ला उपाध्यक्ष भूपेन्द्रबहादुर नेपालीको स्वागत मन्तव्यसँगै अघि बढेको सो कार्यक्रममा सञ्चालन जिल्ला सचिव विष्णुप्रसाद शर्माले गर्नुभएको थियो ।
